कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विधेयक नहुँदा प्रदेशसभा बैठक लामो समयसम्म स्थगित

प्रतीक्षा काफ्ले

(कास्की) — गण्डकी प्रदेशको प्रदेशसभाको बैठक लामो समयसम्म स्थगीत गरिएको छ । शनिबार बजेट पारित गरेसँगै सभा स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विधेयक नहुँदा प्रदेशसभा बैठक लामो समयसम्म स्थगित

संसदमा पेश गर्ने विधेयक नभएका कारण सभा नै स्थगित गर्नुपरेको प्रदेशसभा सचीवालयका सचीव हरिप्रसाद बास्तोलाले जानकारी दिए । उनका अनुसार सभा साउन ५ गतेसम्मलाई स्थगित भएको छ ।


‘विधेयक विद्यायन समितिमा छलफलको क्रममा नै छ,’ सचिव बास्तोलाले भने, ‘५ गतेसम्म माननीयहरु व्यस्त भएकाले पनि लामो समय पर धकेलिएको हो ।’


प्रदेश सभामा हालसम्म ३ वटा विधेयक मात्र दर्ता भएका छन् । सचिव बास्तोलका अनुसार दर्ता भएका विधेयकमध्ये सचीवालय सम्बन्धि, सवारी यातायात र प्रदेश लोकसेवा आयोगको रहेका छन् । विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मीले विधेयकप्रति बढी जिम्मेवारी बन्नुपरेको र सबै पक्षको हितमा हुने गरी छलफल गर्न लगिएकाले बैठकलाई लामो समय सारिएको बताए ।


उनका अनुसार विजनेस विधेयक तुरुन्त हुन सकेको छैन ।


शनिबारको प्रदेशसभा वैठकले बजेट पारित गरेसँगै सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । जसमा पक्षको बहुमत देखिएपछि बजेट पारित भएको घोषण गरिएको थियो । बजेटको बारेमा उठेका प्रश्नको जवाफ मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्ले दिएका थिए ।


अर्थमन्त्री करण गुरुङ्ले बैठकमा आर्थिक विधेयक कार्यान्वयन गर्न बनेको विद्येयकमाथी विचार गरियोस भन्ने प्रस्ताव राखेका थिए । लगत्तै बैठकले पारित गर्दै छलफलमा लगिएको थियो ।


सांसद दिपक कोइरालाले बजेट करको दायरा बढाउने गरी आएको बताएका थिए । कोइरालाले संविधानले दिएको अधिकार भरपुर प्रयोग भएको बताउँदै समावेशी रुपमा पहिलो/दोस्रो जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायतका मुद्दासमेत समेटिएको बताएका थिए ।


प्रकाशित : असार २३, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?