होहल्ला गर्ने पर्यटक पक्राउ

पोखरा — लेकसाइड, खहरे, पृथ्वीचोकलगायत क्षेत्रमा होहल्ला गर्दै हिंड्ने पोल्यान्डका नागरिक पक्राउ परेका छन् । लागूऔषध र मादकपदार्थ सेवन गरी होहल्ला गरेर समाजमा अशान्ति फैलाएको भन्दै राकोल मार्सिन आइतबार पक्राउ परेका हुन् ।

उनको साथमा पासपोर्ट, भिसालगायत कुनै पनि कागजपत्र नभेटिएको पर्यटक प्रहरीले जनाएको छ । भारतबाट नेपाल प्रवेश गरी विभिन्न गतिविधि गरी अवैध रूपमा बसोबास गर्दै आएको प्रहरीले जानकारी दिएको छ । उनलाई आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पोखरामा बुझाइएको छ ।


प्रशंसनीय नेतृत्व तालिम

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सोमबार पोखरामा पर्यटन उद्यमशीलताका लागि प्रशंसनीय नेतृत्व तालिम आयोजना गरेको छ । पोखरामा रहेर पर्यटन व्यवसायमा आबद्ध महिलाको नेतृत्व क्षमता बढाउन तालिम आयोजना गरेको टेवानले जनाएको छ ।


तालिममा पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले तालिमले सफल उद्यमी बनाउन सहयोग पुग्ने बताए । नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश संयोजक अग्नी कँडेलले पर्यटन व्यवसायमा आवश्यक गुणस्तरीयता र आतिथ्यका लागि तालिम प्रभावकारी हुने उल्लेख गरे । ७० महिला उद्यमीलाई प्रशिक्षक श्रीकान्त खतिवडाले प्रशंसनीय नेतृृत्वमा आवश्यक गुणका बारेमा बताए ।


टेवानकी कार्यवाहक अध्यक्ष रेनु थापामगरले व्यावसायिक महिलाको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरेको बताइन् । तालिमकी संयोजक शोभा अधिकारी पौडेलले तालिमबाट पर्यटन व्यवसायमा गुणात्मक विकास हुने आशा गरिन् ।

प्रकाशित : असार २४, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?