३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पहिरोमा स्वास्थ्य चौकी

नवलपुर — पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४ अर्खलास्थित स्वास्थ्य चौकीको भवन पहिरोले बगाएको छ । सडक बनाउँदा डोजरले खनेको पहरो लगातारको वर्षाले बगाउँदा भवनको केही भाग बगाएको छ भने बचेका पनि चर्काएको छ । 

पहिरोमा स्वास्थ्य चौकी

पहिरोपछि सामान अन्यत्र सार्ने काम भइरहेको स्वास्थ्य चौकी प्रमुख टोकबहादुर सुस्लिङ मगरले बताए । ‘हाम्रो चौकी सडक किनारको ढिस्कोमा थियो, सडक खन्दा ध्यान नपुर्‍याइएकाले पहिरोले लग्यो ।’ अर्खला आसपासका ५ हजार स्थानीयलाई

सेवा दिंदै आएको चौकी पहिरोमा परेपछि स्थानीय चिन्तित छन् ।


तत्काल वैकल्पिक व्यवस्था गरेर स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने स्थानीय प्रेमबहादुर मगरले बताए । सडक निर्माणको काम भइरहेकाले यस क्षेत्रका अरू पनि निजी तथा सरकारी भवन पहिरोको जोखिममा छन् । कावासोतीको फलफूल चोकबाट बोझापोखरी हुँदै अर्खला भएर कोखेटार पुग्ने बाटो निर्माणको काम भइरहेको हो ।

प्रकाशित : असार ३०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?