२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दुई विधेयक प्रमाणीकरण 

प्रतीक्षा काफ्ले

(गण्डकी) — गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मंगलबार दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित ‘विनियोजन विधेयक–२०७६’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७६’ प्रमुख कुँवरले प्रमाणीकरण गरेका हुन् । 

गण्डकी प्रदेशसभाको असार २० को बैठकले पारित गरेको विधेयकलाई प्रदेशसभा सचिवलायले असार २६ मा प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा (१) बमोजिम सभामुख नेत्रनाथ अधिकारीले असार २० मा नै प्रमाणित गरेका थिए । संविधान धारा १९९ को उपधारा (१) मा प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुखसमक्ष पेस गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : असार ३१, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?