कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

७५ मापसेको लाइसेन्समा प्वाल 

गोरखा — ट्राफिक प्रहरीले आर्थिक वर्ष ०७५/७६ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७५ चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पारेको छ ।

कारबाही स्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक १ हजार जरिवाना गरिएको ट्राफिह प्रहरी टिकाराम शर्माले बताए । ५ ट्रक, १ बस, १३ कार, ८ ट्याक्टर र ४८ मोटरसाइकल चालकको लाइसेन्स प्वाल पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।


सवारी नियम २०४९ को दफ ४२ अनुसार मापसे गरेर सवारी चलउनेलाई कारबाहीस्वरूप लाइसेन्स प्वाल पार्न सकिने ब्यवस्था छ । ५ पटकसम्म मापसे गरी कारबाहीमा परेर लाइसेन्स प्वाल भए लाइसेन्स खारेज हुने ब्यवस्था छ । ‘चार जनाको तीन पटक सम्म लाइसेन्स प्वाल परिसकेका छौँ, लाइसेन्स नै खारेज अहिलेसम्म भएको छैन,’ उनले भने ।


मापसे गर्ने चालकबाट गत आर्थिक वर्ष ७५ हजार राजस्व संकलन भएको उनले बताए । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा मापसे गर्ने ६३ को लाइसेन्स प्वाल पारिएको थियो । गत आवको एक वर्षको अवधिमा १० हजार ६ सय सवारी कारबवाहीमा परेका छन् ।


ती सवारीलाई कारवाही गरी जरिवाना लगाउँदा ७२ लाख ३० हजार राजस्व संकलन भएको छ । ट्राफिक प्रहरीका अनुसार जिल्लामा गत आवमा सबैभन्दा धेरै ट्रक चालकले सवारी नियम उल्लंघन गरेको पाइएको छ ।

प्रकाशित : श्रावण ४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?