१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजस्व ५ सय प्रतिशतले वृद्धि

दमौली — अघिल्लो वर्षको तुलनमा आर्थिक वर्ष ०७५/७६ मा तनहुँमा करिब ५ सय प्रतिशत बढीले राजस्व संकलन भएको छ । कोष तथा नियन्त्रण कार्यालयका अनुसार्र ४ अर्ब ९३ करोड ६५ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रमुख कोष नियन्त्रक विष्णुहरि वाग्लेका अनुसार अघिल्लो वर्ष ८२ करोड ९७ लाख ७६ हजार ५ राजस्व संकलन भएको थियो । दमौलीमा आन्तरिक कर कार्यालय स्थापना भएकाले राजस्व वृद्धि भएको हो ।


कार्यालयबाट तनहुँ, लमजुङ, गोरखा र मनाङका सेवाग्राहीलाई सेवा उपलब्ध हुन्छ । आन्तरिक कर कार्यालयबाट मात्र ४ अर्ब ६७ करोड ८९ लाख राजस्व संकलन भएको हो । मालपोत कार्यालयबाट १० करोड ८३ लाख ४९ हजार राजस्व संकलन भएको छ । कोलेनिकाका अनुसार जिल्लामा संघीय सरकारबाट प्राप्त ८ अर्ब ९४ करोड ३७ लाख ३४ हजार २ सय ८१ रुपैयाँमा बजेट थियो ।


चालुतर्फ ७ अर्ब ४० करोड ४६ लाख १३ हजार वा ९७.०५ प्रतिशत खर्च र पुँजीगततर्फ १ अर्ब ५३ करोड ९१ लाख २१ हजार बजेटमा ८२.२९ प्रतिशत खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरी ९४.५१ प्रतिशत बजेट खर्च भएको हो । संघीय सरकारको बजेटमा असार महिनामा १ करोड २० लाख ९ हजार बजेट घटेको देखिएको छ । असार महिना मात्र ३६ करोड ६५ लाख ५४ हजार खर्च भएको देखिएको छ । कुल बजेटमध्ये असारमा मात्र २४.२७ प्रतिशत खर्च भएको छ ।


त्यस्तै प्रदेश सरकारको चालुतर्फ ६२ करोड २७ लाख ७८ हजार र पुँजीगततर्फ १ अर्ब २० करोड ५३ लाख ७ हजार गरी कुल बजेट एक अर्ब ८२ करोड ८१ लाख ५६ हजार बजेट आएको थियो । जसमा चालुमा ८०.१८ प्रतिशत र पूँजीगतमा ५६.९० प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले तनहुँमा असार महिनामा मात्र १३ करोड ५७ लाख ३ हजार रुपैयाँ बजेट थप गरेको थियो ।

प्रकाशित : श्रावण ४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?