करिडोर चौडा पार्दा विस्थापित

बागलुङ — कालीगण्डकी करिडोर चौडा पार्ने क्रममा ढुंगा, माटो खसेर ५ घर विस्थापित भएका छन् । बागलुङ नगरपालिका १० र १३ को सिमानामा खसेको पहिरोले स्थानीय कुलराज लामिछाने, दयाराम लामिछाने, खगराज लामिछाने, महेश्वर लामिछाने र कृष्णप्रसाद लामिछानेको घर जोखिममा छन् । 

पहरा फोर्ने क्रममा बम पड्काउँदा ढुंगाले घरका छानामा समेत क्षति पुगेको छ । घरमा बस्नै नसक्ने भएपछि एक महिनायता उनीहरू घर छाडेर डेरामा बसेका छन् । पीडितले आश्रय खोजिदिन सरकारी निकायसँग अनुरोध गरेका छन् ।


नगरपालिकाले असोजभित्र सुरक्षित घर बनाइदिने भन्दै तत्कालका लागि प्रतिघर २५ हजार रुपैयाँ राहत दिएको छ । उक्त राहतले डेरा लिएर बस्न भनिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।


सरकारले २० करोड बजेट विनियोजन गरेपछि यसअघि ट्र्याक खुलेको करिडोर चौडा पार्ने काम भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको यो सडकको कामका क्रममा भत्केका घर तथा क्षतिबारे केन्द्रीय तहमा छलफल गरेर आवश्यक क्षतिपूर्ति दिने

तयारी भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?