२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पहिरोले गोठ पुरिँदा एकको मृत्यु

प्रकाश बराल

बागलुङ — पहिरोले गोठ पुरिँदा बागलुङको गलकोटमा एक किशोरीको मृत्यु भएको छ । गलकोट नगरपालिका–८ काँडेवासको ज्यामिरेमा मंगलबार बिहान १७ वर्षीया सीता गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिहान ६ बजे खसेको पहिरोले गोठमा काम गरिरहेकी गौतम पुरिएकी थिइन् । स्थानीय शिव माबिमा कक्षा १२ मा अध्ययनरत गौतम बिहान भैसी दुहुने कामका लागि गएको परिवारका सदस्यले बताए ।


२० मिटर माथिदेखि खसेको पहिरोले पिताम्बर गौतमको गोठ पुरिएको थियो । मृतक उनकी छोरी हन्। स्थानीयले थाहा पाएर पहिरो पन्छाउँदा उनको शव भेटिएको हो । गोठमा एउटा लैनो भैसी, दुईवटा बाख्रा समेत थिए । ती पशु पनि पुरिएको नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जानकारी दिइन् । मृतक परिवारलाई काजक्रिया खर्च स्वरुप नगरपालिकाले तत्कालका लागि २० हजार नगद सहयोग गरेको छ ।

प्रकाशित : श्रावण ७, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?