कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सम्बन्धविच्छेद माग्ने पुरुष बढे

घनश्याम खड्का

म्याग्दी — मुलुकी देवानी संहिताले पत्नीसँग सम्बन्ध विच्छेदका लागि सजिलो बनाएपछि अदालत पुग्ने पतिहरूको संख्या बढेको छ । जिल्ला अदालतका अनुसार गत वर्ष दर्ता भएका १ सय ७२ सम्बन्धविच्छेदका मुद्दामध्ये ३३ पतिले पत्नीविरुद्ध फिराद गरेका थिए । 

यसअघि सम्बन्धविच्छेदका अधिकांश महिला अदालत पुग्ने गरेकामा गत आर्थिक वर्ष ०७५/०७६ भदौदेखि पतिले जिल्ला अदालतमा पत्नीलाई प्रतिवादी बनाई सम्बन्ध विच्छेदको फिराद दायर गर्न थालेका हुन् ।


पुरुषले मुलुकी देवानी (संहिता) ऐनको धारा ९४ अनुसार ‘पत्नीले पतिको मञ्जुरी नलिई लगातार ३ वर्षदेखि अलग बसेमा, पतिलाई खान लगाउन नदिएमा, अंगभंग गरी कुटपिट गरेमा वा जाल प्रपन्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन राखेको ठहरेमा’ पत्नीको मञ्जुरीबिना सम्बन्धविच्छेद गर्न पाइने व्यवस्था गरेको छ ।


अदालतको मुद्दा शाखाकी डिठ्ठा अम्बिका शर्माले सम्बन्धविच्छेद माग्ने अधिकांश पुरुषले आफूले विदेशबाट पठाएको सम्पत्ति श्रीमतीले हिनामिना पारेको, ३ वर्षदेखि घर नबसेको र छोराछोरीको रेखदेख नगरेको’ साझा अभियोग लगाएको बताइन् । विच्छेदको फिरादमा केही पत्नीले ‘पति घर नहुँदा परिवारले विभिन्न आरोप लगाएको र पतिले पनि अरुको कुरा सुनेर वास्तविकता नवुझि आवेगमा सम्बन्ध विच्छेद मागेको’ प्रतिउत्तर गरेपछि अदालतले ‘वादी–प्रतिवादी’ एकै ठाउँमा राखी ‘मन माझ्न’ लगाउँदा ‘मेलमिलाप’ गरेका थिए ।


त्यसैगरी मुलुकी देवानी (संहिता) ऐनको धारा ९५ मा ‘पतिले पत्नीको मञ्जुरी नलिई लगातार ३ वा बढी बर्षदेखी अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा, अंगभंग गरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विहे गरेमा, पतिले अन्य महिलासँग यौन राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा’ सम्बन्ध विच्छेद गर्न पाईने ब्यवस्था गरेको छ ।


अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका समेत ०७५/०७६ मा सम्बन्ध विच्छेदका १ सय ७२ थान मुद्धा दर्ता भएकामा मेलमिलाप तथा फैसलापछि अहिले फर्छ्यौट हुन ४५ मुद्धा बाँकी छन । बालविबाह, बैदेशिक रोजगारीले पारिवारिक ‘यौन अविश्वास’ बृद्धीहुँदा कलिलै उमेरमा सम्बन्ध विच्छेदका घट्ना पनि बढाएको तथ्य उजागर गरेको छ ।


अदालतका अनुसार सम्बन्ध विच्छेदका घट्ना बर्षेनी बढदै गइरहेको छ । आब ०७४/०७५ मा १ सय ३८ मुद्धा थिए । ०७३/०७४ मा १ सय २७ थान दर्ता भएका थिए । सम्बन्ध विच्छेद गराउनेमा १६–२७ बर्ष उमुर समुहका बढी छन ।


‘अधिकांश सम्बन्ध विच्छेदमा विप्रेषणको प्रभाव परेको देखिन्छ । जैविक आवश्यकताको सही ब्यवस्थापन नहुँदा पनि घटना बढेका छन’ श्रेष्तेदार खिलप्रसाद वुर्लाकोटीले भने । बालविबाह, मेलाजात्रा तथा खुल्ला संस्कृति र रोजगारीकालागी अधिकांश युवा पुरुष विदेश हिँडेपछि परिवारबीच अविश्वास बढ्दो छ । अधिवक्ता ठहरबहादुर भण्डारीले वैदेशिक रोजागरीले थोरै विप्रेषण भित्रिएपनि हाम्रो कृषी प्रणाली ध्वस्त भएको, सामाजिक, सांस्कृतिक मुल्यमान्यता भत्केका बताए ।


सम्बन्ध विच्छेदले दाम्पत्य जीवन छुट्टीएसँगै आश्रित बालबालिका अलपत्र परेका छन् । सम्बन्ध विच्छेदका मुद्धा बढै जाँदा बाबुआमाको संरक्षणमा हुर्कनु पर्ने धेरै वालबालिकाले वर्षेनी संरक्षकत्व गुमाएका छन । ‘सम्बन्ध विच्छेदको मुद्धामा अदालतले फैसला गर्दा नावालक भए स्वतः आमासँग, उमेर पुगेका बालबालिका भए बाबु वा आमाको संरक्षकत्वमा रहन्छ भन्ने विश्वास राख्छ । वालबालिको संरक्षणको अधिकारबारे अभिभावकलाई सचेत पनि गर्छौं,’ न्यायाधीश राजकुमार कोइरालाले भने, ‘तर बाहिर व्यावहारिक जीवनमा बालबालिकाले दुःख पाएको देखिन्छ ।’

प्रकाशित : श्रावण ११, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?