कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

महानगरको काममा ढिलासुस्ती

विना थापा

कास्की — पुराना कम्प्युटरलगायत उपकरण, नयाँ सफ्टवेयर, दक्ष जनशक्ती अभावमा पोखरा महानगरपालिकाका विभिन्न वडामा सेवाग्राहीको काममा ढिलाइ भएको छ । वडामा सामान्य कामका लागि पनि ३ दिनसम्म लागेको गुनासो सेवाग्राहीको छ । 

महानगरको काममा ढिलासुस्ती

नयाँ पसल दर्ता गर्न आएका पोखरा–८ का महेन्द्र श्रेष्ठले ३ दिनदेखि धाएको तर विहीबार पनि काम नभएको बताउँछन । ‘सेकेन्डको कति महत्व हुन्छ, ३ दिन वढी वडा कार्यलयमा धाउदा समेत दर्ता हुन नसक्नु विडम्बना हो,’ उनले भने, ‘जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्छ ।’


महानगरलाई कर तिर्न पनि दुई तीन दिन लाग्ने गरेको वडा ९ की जानु सुवेदीले बताइन् । ‘काम नभएर समय फाल्न गए जस्तै भो,’ उनले भनिन, ‘यस्तो सास्ती कहिलेसम्म होला ।’


कम्पनी दर्ता गर्न आएका अर्का सेवाग्राही दयाराम सुवेदीले बताए । ‘एउटा कम्युटरमा एक जना कार्मचारीले मात्र के गर्न सकुन्, कम्तीमा २ जना राखे सेवाग्राहीले अलि राम्रो सुविधा पाउथ्यो कि ? यसबारे कार्यलयले सोच्नुपर्छ,’ वडा ८ को कार्यालयमा भेटिएका उनले भने ।


नयाँ सिस्टमलले गर्दा समयस्या आएको पोखरा–८ का अध्यक्ष रुद्रनाथ बरालले बताए । ‘अर्को जनशक्तिको अभाव पनि हो, हामीले कम्प्युटर सिकाउँदै छौं, समस्याको समाधानका लागि परका छौं,’ उनले भने ।


नयाँ सफटयर राखेको कम्प्युटर काम गर्दा १०/१५ मिनेट घुमेर बसेको र सेवाग्राही एकैपटक आउँदा काममा ढिला भएको पोखरा ९ का वडासचिव लोकदर्शन कोइरालाले बताए । ‘हामीले पछि कम्प्युटरमा दर्ता गर्ने गरी, व्यवसायी प्रमाणपत्र र रसिद हातले नै काटेका छौं,’ कोइरालाले भने ।


पोखरा महानगरपालिकाका कर प्रमुख शिवहरि शर्माले नयाँ सफ्टवेयर चलाउन नजान्दा ढिला भएको हुन सक्ने बताए । ‘सबैमा त्यही सफ्टवेयर हो, हामीले चलाउँदा सरर चल्छ, वडामा चल्दैन भन्छन्,’ उनले भने । उनका अनुसार ३३ वडामध्ये २६ वटा वडामा टेक्निसियनले अनुगमन गरिसकेका छन् ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?