पहिरोले ५ घर पुरिँदा ३ जनाको मृत्यु, ६ घाइते

प्रकाश बराल

बागलुङ — अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा बागलुङको तमानखोलामा ३ जनाको मृत्यु भएको छ । आइतबार राति १ बजे खसेको पहिरोले तमानखोला गाउँपालिका–४ लामेलाका ५ घर पुरिएका हुन् ।

पहिरोले ५ घर पुरिँदा ३ जनाको मृत्यु, ६ घाइते

पहिराेमा स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनीहरुको शव निकाली सकिएको छ ।


पहिरोमा परेर ६ जना घाइते छन् । घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ । बिहानै देखि स्थानीय बासिन्दा, बुंगादोभानबाट गएको प्रहरी टोलीले उद्धारको काम गरिरहेको वडा अध्यक्ष उदिन छन्त्यालले बताए ।


थप उद्धारका लागि इलाका प्रहरी कार्यालय बुर्तिवाङ देखि प्रहरी टोली घटनास्थल गइरहेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटनामा उद्दार र राहतका लागि जिल्ला प्रशासनलाई पनि आग्रह गरिएको बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?