तनहुँमा पर्यटक बस दुर्घटना, चिनियाँ सहित ९ यात्रु घाइते

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास १२ कमलबारीमा बुधबार पर्यटक बस र ट्रक एक आपसमा ठोकिदा चिनियाँ पर्यटक सहित ९ जना यात्रु घाइते भएका छन् । 

तनहुँमा पर्यटक बस दुर्घटना, चिनियाँ सहित ९ यात्रु घाइते

घाइते मध्ये ६ जना चिनियाँ पर्यटक रहेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । ती मध्ये एक चिनियाँ पर्यटकको अवस्था गम्भीर छ । गम्भीर घाइते चिनियाँ पर्यटकको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए ।


बाँकी ४ जना चिनियाँ पर्यटकको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा पर्यटक गाइड, पर्यटक बस चालक र ट्रक चालक पनि घाइते छन् ।


काठमाडौंबाट पोखरा आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ५८६५ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोकिएको थियो ।

प्रकाशित : श्रावण २२, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?