प्रअको कुटाईबाट विद्यार्थीको दाँत भाँचियो

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिका–१४ को गणेश माविका प्रधानाध्यापक कृष्ण गौतमले १० कक्षा पढ्ने कुशल पौडेललाई कुटपिट गरेका हुन् । 

कुटपिटबाट विद्यार्थीको दाँत भाँचिएको कुशलका बुवा प्रेमप्रसाद पौडेलले बताए । गणित विषयको पढाउने क्रममा कुशलले पढाइसकेको पाठ नजानेको भन्दै प्रअ गौतमले कुटपिट गरेका थिए । गौतमले कुशललाई बेहोस हुने गरी कुटेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए । कुशल बेहोस भएपछि मात्र गौतमले कुट्न छाडेका थिए ।


कुशलकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै राखेर उपचार गराइएको उनले बताए । निजी विद्यालयमा अध्ययन गरिरहेका कुशललाई केही वर्ष अघि सामुदायिकमा भर्ना गरिएको थियो ।


घटनापछि प्रअ गौतम मोबाइल सम्पर्क बाहिर बसेका छन् । वडा अध्यक्ष चक्रबहादुर खत्रीले घटना भएको पुष्टि गरे । ‘घटना भएको रहेछ, छानबिन गर्दै छौं,’ खत्रीले भने, ‘विद्यालय व्यवस्थापन समितिको बैठक बसेर आवश्यक कारवाही गर्न निर्देशन दिएको छु ।’ गणेश मावि गुणस्तरीय शिक्षाका लागि जिल्लाकै उत्कृष्ट घोषित थियो ।

प्रकाशित : श्रावण २४, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?