कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

हतियार र विस्फोटक पदार्थसहित चन्दका दुई कार्यकर्ता पक्राउ 

कान्तिपुर संवाददाता

गण्डकी — हातहतियार र विस्फोटक पदार्थसहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुई जनालाई पक्राउ गरेको छ । गल्याङ् नगरपालिका–३ स्थित गल्याङ् बजारबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीरकोट–९ का ४६ वर्षीय शिव दर्लामी र मोहन सिंजाली रहेका छन् । 

हतियार र विस्फोटक पदार्थसहित चन्दका दुई कार्यकर्ता पक्राउ 

गल्याङ्‌मा शंकास्पद गतिविधि गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको बताएको छ । उनीहरुको शरीर खानतलासी गर्दा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम भन्द समूहको विभिन्न दस्तावेज तथा नेकपा केन्द्रीय समितिको लेटर प्याड भेटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।


५० लाख रुपैयाँ चन्दा मागेको १८ थान लेटर प्याड रहेको एसपी लम्सालले बताए । लम्साल भन्छन्, ‘हामीले खोजतलास गरेका थियौं । सोधपुछ गर्दा विभिन्न व्यक्तिहरुलाई धाक, धम्की दिई चन्दा उठाएका रहेछन् ।

चन्दा उठाउने कार्यमा खटिएको अवस्थामा नै हामीले पक्राउ गरेका हौ ।’


उनीहरुलाई पक्राउ गरेपश्चात अनुसन्धान गर्दा भीरकोट-९ मा रहेको शिव दर्लामीको २ तले गोठ (धनसार) बाट एयरगन १ थान, बम जस्तो देखिने वस्तु ५ थान, चन्दा उठाउने रसिद प्याड १, सदस्यता रसिद ३ ठेलीसहित चन्द समूहको विभिन्न दस्तावेजहरु बरामद गरिएको उनले बताए । उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?