१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गण्डकी प्रदेशसभा विजनेसविहीन, आइतबारको बैठक स्थगित

प्रतीक्षा काफ्ले

(गण्डकी) — विजनेस नहुदाँ आइतबार १ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । सभामा पेस गर्ने कुनै पनि विजनेस नभएकाले अनिश्चितकालसम्म स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेशसभा विजनेसविहीन, आइतबारको बैठक स्थगित

लामो समयदेखि छलफलमा रहेको जनप्रतिनिधिको सेवासुविधा विषयमा शनिबार बसेको विधायन समिति बैठकले कुनै पनि निस्कर्ष निकाल्न सकेन। विधायन समितिले सभालाई प्रतिवेदन बुझाउन नसक्दा प्रदेशसभा नै स्थगित गर्नुपरेको सभामुख नेत्रनाथ अधिकारीले बताए ।


विधायन समितिमा हाल ४ वटा विधेयक छन् । गण्डकी विश्वविद्यालयको विधेयक छलफलको प्रक्रिया अघि बढाइएको छैन । समितिले जनप्रतिनिधिको सेवासुविधाको विषयमा मात्र छलफल गरेको छ । सोही विषयमा शनिबार बसेको समितिको बैठक पाँचौ हो । जनप्रतिनिधिको सेवासुविधा वृद्धि गर्ने विषयमा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले संशोधन हालेका थिए ।


थापाले संशोधन फिर्ता नलिने बताएपछि आइतबारको सभामा प्रक्रियाको लागि अगाडि बढाउने समितिले निर्णय गरे पनि सभालाई प्रतिवेदन बुझाउन नसक्दा स्थगित गर्नुपरेको सचिवालयले बताएको छ । सेवासुविधाको विषयमा छलफल गर्न विधायन समिति बैठक सोमबार पनि बस्ने भएको छ । बैठकले छलफल टुङ्गाएपछि मात्र सभाको मिति तय गर्ने सभामुख अधिकारीले बताए ।

प्रकाशित : श्रावण २६, २०७६ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?