दम्पतीको हत्या

प्रकाश बराल

बागलुङ — ढोरपाटन नगरपालिका–८ बोबाङका एक दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय भानबहादुर कामी र उनकी श्रीमती बिमाको हत्या भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

आइतबार बिहान स्थानीयले दम्पती मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।


उनीहरुलाई बञ्चरो प्रहार गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?