कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कृषकलाई परिचयपत्र

कान्तिपुर संवाददाता

गण्डकी — स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गर्ने भएको छ । कृषि र पशु सेवाको योजना तर्जुमा गोष्ठीले बिहीबार नगरभित्रका कृषकलाई ४ तहमा वर्गीकरण गर्ने निर्णय गरेको हो । 

कार्यविधि बनाएर सबै कृषकलाई परिचयपत्र बाँड्ने र त्यसैका आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएको गल्याङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले बताए । व्यावसायिक, व्यावसायिक उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी विभाजन गरिने छ ।


व्यावसायिक कृषकमा कम्तीमा ५ वटा दुधालु गाई/भैंसी, ५ वटा बाख्रा वा दस रोपनी जग्गामा व्यावसायिक उत्पादन गर्ने र ५ वटा टनेलमा व्यावसायिक कृषि खेतीमा संलग्न हुने कृषक पर्छन् । व्यावसायिक उन्मुख कृषकमा २ देखि ४ वटा दुधालु गाई/भैंसी, २ देखि ५ वटा बाख्रा र तीन रोपनीमा व्यावसायिक खेती गर्ने वा ५ वटा टनेलमा कृषि खेती गर्ने समेटिनेछन् ।


नगरपालिकाले बनाएको मापदण्डमा साना किसानअन्तर्गत ५ देखि १० वटासम्म दुधालु गाई/भैंसी, त्यत्ति नै संख्यामा बाख्रा, एकदेखि ३ रोपनीसम्म व्यावसायिक खेती गर्ने र ५ वटा टनेलमा कृषि खेती गर्ने किसान पर्छन् । निर्वाहमुखी किसानअन्तर्गत ५ वटासम्म दुधालु गाई/भैंसी, एक रोपनीभन्दा कम क्षेत्रमा खेती गर्ने र एकदेखि ५५ वटासम्म बाख्रापालन गर्ने किसान प्राथमिकतामा पर्छन् ।

प्रकाशित : श्रावण २७, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?