कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विद्यालय सहयोगी जंगलमा मृत भेटिए  

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना आवासीय सुस्तश्रवण माध्यमिक विद्यालयका कर्मचारी करिब ५० वर्षीय श्याम हरी घिमिरे मृत अवस्थामा भेटिएका छन् ।  

विद्यालयका कार्यालय सहयोगी घिमिरे सोमबार साँझबाट हराएपछि उनको खोजी गर्दा शव भेटिएको प्रहरीले जनाएको छ । सोही वडाको नौविसे स्थायी घरभएका मृतक घिमिरे पनि सुस्तश्रवण हुन् । उनी २० वर्षदेखि उक्त विद्यालयमा कार्यरत थिए । ‘हिजो साँझ साढे ८ बजे खाना खाएर फर्किएका रहेछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले भने, ‘बिहान पाँच बजे सधै विद्यालय आइपुग्थे, आज आएनन्, परिवारलाई फोन गर्दा साँझ देखि नै घरमा नआएको थाहा पायौँ ।’


उनको खोजी गर्दै जाँदा टक्सारकै सडक किनारमा चप्पल र लाइट भेटिएको थियो । ‘जंगलतिर हेरेको घिस्रिएको डोब देखेर प्रहरीलाई खबर गर्यौं’ उनले भने । विद्यालय र घर बीचको सडकबाट झण्डै ५० मिटर तल कुवाडी जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । उनको खुट्टा र टाउकोमा चोट पनि देखिएको प्रत्यक्षर्शीले बताए ।


मृत्यु शंस्कास्पद भएको भन्दै घटनाको छानबिनका लागि स्थानीले माग गरेका छन् । घटनाको अनुसन्धान भइरहेको डिएसपी महेन्द्र नेपालले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?