३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

वडाध्यक्षलाई अभद्र व्यवहार

कान्तिपुर संवाददाता

म्याग्दी — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले बेनी नगरपालिका- २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो दलेर अभद्र व्यवहार गरेका छन् । बिहीबार दिउँसो १२ बजे भकुण्डेस्थित वडा कार्यालयको कार्यकक्षमै पुगेका चार जना चन्द समूहका नकावधारीले चप्पलको मालासहित मोसो दलेर भागेको प्रहरीले बताएको छ ।

वडाध्यक्ष थापालाई मासो दलेर अभद्र ब्यवहार गरेपछि फोटो खिचेर स्थानीय सञ्चारमाध्यममा प्रकाशन गर्न भन्दै पठाएका थिए ।


थापा विरुद्ध वडाको बजेट मनखुसी बाँडेको, सिफारिस समेतका राजश्व हिनामिनागरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।


‘३ जना मास्क भर्खरका युवा र एक जना ४८/५२ वर्षका साधारण स्थानीय माओवादी चन्द समूहका कार्यकर्ताले कार्यकक्षमा प्रवेशगरी मोसो दलेपछि फोटो खिचेर हिँडेका छन्,’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘प्रहरी घटनास्थल तर्फ परिचालन गरेका छौं । घटनामा संलग्न सबै स्थानीय हुन् । यसअघि पटक-पटक नम्बर फेर्दै फोन गरेर धम्क्याउने गरेको देखिन्छ ।’


प्रकाशित : श्रावण ३०, २०७६ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?