२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

तिब्बतीलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

कान्तिपुर संवाददाता

(पोखरा) — तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग र सिफारिस गरेको आरोपका कास्की प्रहरीले वडाध्यक्षसहित ३ लाई पक्राउ गरेको छ । पोखरा-१८ का अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल शुक्रबार पक्राउ परेका हुन् ।

तिब्बतीलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

उनीहरुलाई सराङकोटमा रहेको वडा कार्यालयबाटै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । प्रहरी अनुसन्धानका क्रममा वडाध्यक्षको संलग्नता खुलेपछि पक्राउ गरिएको उनले जनाए । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।


झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना यसअघि नै पक्राउ परिसकेका छन् ।



तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सिफारिस गरेको आरोपमा पक्राउ परेका पोखरा–१८ का अध्यक्ष रणबहादुर थापा । तस्बिर : पोखरा महानगरपालिकाको वेबसाइट

प्रकाशित : श्रावण ३१, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?