२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

करेन्ट लागेर दुईको मृत्यु

कान्तिपुर संवाददाता

(पर्वत) — आफ्नो बस्तीको काठको पोल हटाएर फलामे पोल गाड्न खटिएका दुई युवकको करेन्ट लागेर मृत्यु भएको छ । महाशिला–४ पाखापानीमा शुक्रबार बिहान १० बजे करेन्ट लागेर ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्री र २७ वर्षीय केशबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै घाइते भरत क्षेत्रीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


गाउँमा काठको पोल विस्थापित गरी फलामको गाड्ने योजना छ । पुरानो र जीर्ण काठेपोल हटाएर नयाँ पोल फेर्ने क्रममा तीन जनालाई करेन्ट लागेको हो । काठको पोल गाड्ने खाडल खनेपछि फलामे पोल उठाउने क्रममा करेन्ट बगिरहेको तारमा ठोक्किएपछि दुर्घटना भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैठकुरीले बताए । ‘बिजुलीको लाइन अफ गरेर काम गर्नुपर्ने,’ उनले भने, ‘उहाँहरूले अफ नगरी काम गर्नुभएछ । सानो लापरबाहीले यत्रो घटना भयो ।’


सामाजिक काममा युवाको मृत्युले गाउँपालिकालाई नै ठूलो क्षति भएको उनले बताए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजन रायमाझी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । स्थानीयको असावधानीकै कारण दुर्घटना भएको बुझिएको रायमाझीले बताए । ‘थ्रीफेज लाइन पोलमा प्रवाह भएपछि यो घटना भएछ,’ उनले भने ।



प्रकाशित : श्रावण ३१, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?