वैकल्पिक सडकमै बाढी बगेपछि महेन्द्र राजमार्ग ठप्प, सयौं गाडी रोकिए

नारायण शर्मा

(नवलपरासी) — महेन्द्र राजमार्गको अरुणखोला पुल भाँचिएपछि बनाइएको वैकल्पिक सडकमै बाढी बगेपछि महेन्द्र राजमार्गको यातायात ठप्प भएको छ । आइतबार साँझ लगातारको वर्षात्‌का कारण अरुणखोलामा पानीको सतह बढेपछि बगाउने त्रासले डाइभर्सनमा गाडी गुडाउन रोक लगाइएको छ ।

वैकल्पिक सडकमै बाढी बगेपछि महेन्द्र राजमार्ग ठप्प, सयौं गाडी रोकिए

ह्युमपाइप राखेर बनाएको कच्ची सडकभन्दा माथिबाट बाढी बगिरहेको छ ।


जिल्ला ट्राफिक प्रहरीका अरुणखोलामा खटिएका सई राजेन्द्रकुमार कार्कीका अनुसार राजमार्गमा साँझ साढे ५ बजेपछि यातायात रोकिँदा पूर्व-पश्चिम हिँडेका सयौं सवारीसाधनका यात्रु अलपत्र परेका छन् । पानीको सतह घटेपछि यातायात खुलाइने उनले सुनाए ।

५ दिनअघि अरुणखोला पुलमा ट्रक ठोक्किएर भाँचिएको थियो । ३ दिन लगाएर वैकल्ल्पिक सडक बनाई आवागमन खुलाइएको थियो ।



प्रकाशित : भाद्र १, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?