कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेटी जोगाउन सीसीटीभी

प्रशासनले निरानी गर्ने
नवीन पौडेल

परासी — हिन्दु हो वा मुस्लिम धर्मावलम्बी, आफ्ना मन्दिर वा मस्जित पुग्दा श्रद्धासाथ भेटी चढाउँछन् । कुनै पनि धर्म मान्नेले आ–आफ्ना क्षेत्रमा भेटी चढाउने चलन परम्परादेखिकै हो । तर यही भेटी हिनामिना भएको चर्चा चल्छ । नवलपरासीको सुस्तास्थित मदारबाबामा पनि अघिल्ला वर्षहरूमा यस्ता गुनासा आइरहेका थिए । 

भेटी जोगाउन सीसीटीभी

मदारबाबाका दर्शनार्थीले चढाएको भेटीबारे विवाद भएको भन्दै यसपटक मेलाको सुरक्षार्थ सीसीटीभी नैजडान गरिएको छ । हिन्दु र मुस्लिम धर्मावलम्बीको साझा मेला भएकाले यहाँ लाखौं भक्तजन आउँछन् । उनीहरूले यहाँ ठूलो मात्रामा भेटीसमेत चढाउने चलन छ ।

मदारबाबामा संकलित भेटी हिनामिना भएको भन्दै चढाउने मुख्य स्थलमा ‘सीसीटीभी क्यामेरा’ राखेर प्रशासनले निगरानी गर्न थालेको हो । गत वर्षमा भेटी संकलनका लागि ठेकका दिने वा के गर्ने भन्नेबारे विवादले राम्रै ठाउँ लिएको थियो । यस वर्षदेखि भने समितिले आफैं उठाउने र पारदर्शिताका लागि सीसीटीभी राख्ने निर्णय गरेको छ । फागुन १ गतेसम्म चल्ने मेलामा गत वर्ष १७ लाख ४४ हजार भेटी उठेको थियो । यसपटक गठित मेला समितिले क्यामेरा राखेपछि मेला सकिन तीन दिन बाँकी हुँदा नै अघिल्लो वर्षको भन्दा बढी संकलन भएको आयोजक समिति कोषाध्यक्ष रियाजुद्दिन अन्सारीले बताए ।

सुस्ता गाउँपालिका २ महलबारीमा लाग्दै आएको मेलामा नेपाल र भारतका विभिन्न क्षेत्रबाट लाखांै श्रद्धालुको अहिले घुइँचो छ । तीन लाखभन्दा बढी तीथार्लुले दर्शन गरिसकेका छन् । नेपालभन्दा बढी भारतीय र हिन्दु समुदायका श्रद्धालु यहाँ देख्न सकिन्छ । मेला मुस्लिम समुदायको भए पनि हिन्दुले समेत भाकल गर्ने र पूजा गर्ने गर्छन् । मदारबाबाको मुख्य धार्मिक स्थल महलबारी बजारबाट करिब ९ किलोमिटर पहाड माथि मदारिया डाडाँमा छ । यहाँ भाकल, दु:ख तथा कामना गरेर आउने श्रद्धालुको मनोकामना पूरा हुने र दु:ख हरण हुने धार्मिक विश्वास रहेको मठाधीश अमिरुल्लाह अन्सारीले बताए ।

मदारबाबाको वास्तविक नाम हजरत हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हो । उनी सिरियाको हबल सहरमा जन्मेका थिए । बाबा इस्लाम धर्मको तबलिगका लागि सिरियाबाट साउदी अरब हुँदै भारत र नेपाल आइपुगेका थिए । ५ सय वर्ष ९६ महिना र ६ दिनसम्म जीवित मदारबाबा त्यतिबेला सिरियापछि भारतको गुजरात र मकनपुर सहरमा बस्दै सिद्धिप्राप्त गर्न नेपालको मदारिया पहाड आइपुगेको किम्बदन्ती छ । मदारबाबा महलबारीको उक्त मदारिया पहाडी डाँडामा ४० दिनसम्म तपस्या गरी सिद्धि प्राप्त गरेको किम्बदन्ती छ । मेलामा आउने श्रद्धालुका मदारिया पहाडी डांडामा अवस्थित बाबाको मुख्य धार्मिक स्थलमा खानेपानी, शौचालय, पहाड चढनका लागि व्यस्थित बाटो एवं सिंढी, बास बस्ने स्थानको अभावमा धेरै दर्शनार्थी बीच बाटोबाट नै फकर्नुपर्ने अवस्था छ ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?