१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश नम्बर ५ मा सभामुखमा पूर्णबहादुर घर्तीको उम्मेदवारी दर्ता 

अमृता अनमोल

बुटवल — प्रदेश नम्बर ५ मा सभामुखका लागि आज औपचारिक उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश नम्बर ५ मा सभामुखमा पूर्णबहादुर घर्तीको उम्मेदवारी दर्ता 

वामगठबन्दनले माओवादी केन्द्रका तर्फबाट रुकुमका प्रदेशसभा सदस्य पूर्णबहादुर घर्तीको उम्मेदवारी सचिवालयमा दर्ता गराएका हुन् । घर्तीको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने बसेका छन् भने उनलाई एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेका छन् ।


सभामुखको चयनका लागि बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।


बैठकको आवश्यक सबै तयारी सकिएको प्रदेश सचिवालयका सचिव सुरेन्द्र प्रसाद अर्यालले बताए । सभामुखको चयन लगत्तै साँझ ५ बजे नै प्रदेश कार्यालयमा पदभार ग्रहण कार्यक्रम राखेको प्रदेश प्रमुख उमाकान्त झाले बताए ।


प्रकाशित : फाल्गुन १, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?