बस पल्टिँदा १ को मृत्यु, १७ जना घाइते

नारायण शर्मा

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला र चोरमारबीचको जंगलमा बस पल्टिँदा एक यात्रुको मृत्यु भएको छ भने १७ घाइते भएका छन् । घटनामा नवलपरासी सरावलका सिद्धु हरीजनको मृत्यु भएको हो ।

बस पल्टिँदा १ को मृत्यु, १७ जना घाइते

घाइतहरुको उपचारका लागि मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ४४ नम्बरको यात्रुवहाक बस राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनापछि पुगेको प्रहरीले घाइतको उद्धार गरेको थियो ।


प्रकाशित : फाल्गुन १, २०७४ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?