२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सभामुखको उम्मेदवारी दर्ता

कान्तिपुर संवाददाता

बुटवल — प्रदेश सभामुखका लागि मंगलबार औपचारिक रूपमा उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट रुकुमका प्रदेशसभा सदस्य पूर्णबहादुर घर्तीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

सभामुखको उम्मेदवारी दर्ता

घर्तीको प्रस्तावकमा माओवादी प्रमुख सचेतक दधिराम न्यौपाने छन् । उनलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरे ।

वाम गठबन्धनमा यसअघि माओवादीबाट सभामुख बनाउने सहमति भएको थियो । सभामुख चयनका लागि बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । बैठकको आवश्यक तयारी सकिएको सचिवालय सचिव सुरेन्द्रप्रसाद अर्यालले बताए । सुरक्षा र व्यवस्थापन दुवै काम सकिएको उनले जनाए । यसअघि बुटवल उपमहानगरपालिकाबाट कुर्सी ल्याएर शपथ ग्रहण र पहिलो बैठक गरिएको थियो । यसपटक भने आफैंले नयाँ कुर्सी किनेको छ । ‘कुर्सी/टेबललगायत सचिवालय बैठकलाई आवश्यक फर्निचर जुटिसक्यो,’ अर्यालले भने, ‘प्रदेशसभा हल व्यवस्थित बनाइएको छ ।’ बैठकस्थल आसपास स्थायी तारबार गरिएको छ । सभामुख चयनलगत्तै साँझ ५ बजे प्रदेश कार्यालयमा पदभार ग्रहण कार्यक्रम राखिएको छ । पदभार प्रदेश कार्यालय रहेकै स्थानमा गर्ने प्रमुख उमाकान्त झाले बताए ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?