कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ मा मुख्यमन्त्रीको सपथ आज 

३ सदस्यीय सरकार आजै गठन हुने
घनश्याम गौतम

बुटवल — प्रदेश ५ मा मुख्यमन्त्री शंकर पोखरेलको पद तथा गोपनियताको सपथ आज हुँदैछ ।  

प्रदेश ५ मा मुख्यमन्त्रीको सपथ आज 

प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्रीको सपथग्रहण भव्य बनाउने तयारीे भएको छ ।


दिउँसो ३ बजे सडक डिभिजन कार्यालय परिसरमा हुने सपथग्रहण कार्यक्रममा सांसद, प्रदेश प्रमुख, प्रदेश सचिव, उच्च अदालतका न्यायाधीश, स्थानीय तहका प्रतिनिधि लगायतको उपस्थिती हुने प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दुवाडीले बताए ।


सपथग्रहण लगत्तै मुख्यमन्त्री पोखरेलले आजै तीन सदस्यीय मन्त्रीमण्डल बिस्तारको तयारी गरेका छन् । पहिलो चरणमा एमालेबाट नवलपरासीका बैजनाथ चौधरी र माओवादीबाट कुलप्रसाद केसी मन्त्री बन्ने सम्भावना छ । एमाले संसदीय दलले चौधरीलाई पठाउने निर्णय गरिसकेको छ भने माओवादी आज निर्णय गर्ने तयारीमा छ ।


प्रदेश ५ मा एक्लै सरकार गठन नहुने भएपछि मुख्यमन्त्री पाएको एमालेलाई माओवादी केन्द्रका २० सांसदको समर्थन छ । प्रदेशका ८७ सांसद मध्ये एमालेका ४१ जना छन् ।


प्रकाशित : फाल्गुन ३, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?