१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चुलोचौको मात्र मिल्दैमा पार्टी एकता हुँदैन : केसी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने बताएका छन् । शनिबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकताका लागि कार्यनीति, रणनीति, नीति तथा सिद्धान्त, दर्शन र व्यवहार पनि मिल्नुपर्ने बताए ।

चुलोचौको मात्र मिल्दैमा पार्टी एकता हुँदैन : केसी

राष्ट्रियताका विषयमा चुनावमा केही कुरा मिले पनि पार्टी एकता हुनै नसक्ने उनको दाबी छ । ‘एकताका लागि कार्यनीतिदेखि दर्शन र व्यवहार पनि मिल्नुपर्छ,’ उनले भने, ‘चुलोचौको मात्र मिल्दैमा पार्टी एकता हुँदैन, अहिले भएको त्यही हो ।’


नीति, सिद्धान्त र चुलोचौको मिले पार्टी एकता गर्न सकिने उनले बताए । माओवादीले वैद्य र विप्लवसँग पनि पार्टी एकता गर्ने भन्दै समिति नै निर्माण गरे पनि अहिलेसम्म सफल नभएको उनको भनाइ थियो ।


संघीयताको विरोध गर्दै आएका केसीले अब छिट्टै संघीयता विरोधी आन्दोलन नै चलाउने तयारी गरेको बताए । नेपाल र नेपाली जनताले अहिले पनि संघीयता नचाहेको उनको दाबी छ । ‘मैले संघीय प्रणालीको विरोध गरेको छैन,’ उनले भने, ‘तर नेपालको भौगोलिक, आर्थिक अवस्था र गरिबीको समस्याका कारण यसको खर्च देशले धान्न सक्दैन भन्ने हो ।’

स्थानीय तहलाई अधिकार दिने एकात्मक प्रणाली सकारात्मक भए पनि प्रदेशका ८ सय ८४ र प्रतिनिधिसभाका सांसदको खर्च देशले धान्न नसक्ने उनको तर्क छ । उनले भारतीय हस्तक्षेत्र बढदै गएको र वाम गठबन्धनले जित्दा भारत परास्त भएको उल्लेख गर्दै ओली नेतृत्वको सरकारमा माओवादीलाई पनि सहभागी गराएर अघि बढ्न सुझाव दिए ।


प्रकाशित : फाल्गुन ५, २०७४ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?