१५ दिने विश्व शान्ति पूजा

कान्तिपुर संवाददाता

कपिलवस्तु — बुद्धजन्मस्थल लुम्बिनीमा १५ दिने विश्व शान्ति पूजा सुरु भएको छ । चारैतिर अशान्ति बढिरहेका बेला सबै प्राणीको जीवनमा सुख र शान्ति ल्याउने उद्देश्यले ड्रिगुङू काग्युद् फाउण्डेसनद्वारा द ग्रेट लोटस स्तुपमा आइतबारबाट पुजा थालिएको हो । 

नेपाली धर्तीमा जन्म लिएर मानवजातिलाई महान ज्योति, आशा र सर्वोच्च आनन्द प्रदान गर्ने भगवान गौतम बुद्धलाई सधैं शान्तिका लागि उत्प्रेरित गर्ने भूमिबाट शान्तिको ऊर्जा प्रदान गर्न पूजा गरेको स्तुपा इन्चार्ज कोन्चोक दोर्जेले बताए । रिज्चेन पालरी बलम्बु काठमाडौंका धर्मगुरु डुबपोन सोनाम जोरफेल रिम्पोछेंले धार्मिक विीधअनुरुप पूजा गराइरहेका छन् । उनले स्तुपामा दैनिक प्रवचन दिने गरेका छन् । उनले तिब्बती भाषामा दिने प्रवचनलाई रसियन अनुवादक सोनाम स्पिट्जले अंग्रेजी, रसियन र भियतनामी ३ भाषामा अनुवाद गर्ने छन् । बिहान ८ देखि साँझ ५ बजेसम्म लाग्ने पुजामा प्रवचन, शीलप्रार्थना र प्रज्ञा परिमित्र पाठ पूजा गर्ने बताइएको छ । त्यस्तै तिब्बती पूजा कुनरिक र वाङ पनि गराइने काठमाडौंबाट आएका तेन्जिङ्ग नोर्बुेले बताए । पूजामा रुस, भियतनाम, जर्मन र युक्रेनका ६० भन्दा बढी विदेशी उपासक उपासिका सहभागी छन् । त्यस्तै नेपाल र भारतका २ सय भिक्षु भिक्षुणी सहभागी छन् । पूजा फागुन २० गतेसम्म चल्नेछ । ‘शान्ति र सद्भावका ऊर्जा लिन रुसबाट आएको छु’ उपासक लुकफले भने,’ ‘शन्तिरुपी आनन्द र सकारात्मक सोच पाउँदा निक्कै खुसी छु ।’

प्रकाशित : फाल्गुन ७, २०७४ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?