कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

संस्कृतिको रौनक

दुर्गालाल केसी

दाङ — घोराहीमा जारी ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषी प्रदर्शनी’ मा बिभिन्न कलासंस्कृतिप्रति दर्शकहरूको आकर्षण देखिएको छ । परम्परागत कला संस्कृतीलाई प्रवद्र्धन गर्ने कार्यक्रमले महोत्सवको रौनक थपेको छ ।

सारंगी बादन प्रतियोगिताले गन्धर्व समुदायमा हराउँदै गएको सारंगीलाई ब्युँताएको छ । स्थानीय कला संस्कृती र परम्परागत वाजागाजा तथा सिपको संरक्षण गर्न आयोजना भएको प्रतियोगिताको पहिलो चरणमा ६ कलाकार छनोट भएका छन् । राजेश गन्धर्व, टोप वहादुर गन्धर्व, हेमराज गन्धर्व, गगन मगर, विराज गन्धर्व र राजेश गन्धर्व उत्कृष्ट सारंगी बजाएर अग्रपंक्तीमा आएका छन् ।


कलाकारहरूको साँस्कृतीक प्रस्तुतिले पनि दर्शकलाई तानेको छ । लोकगायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले मञ्चमा रौनक थपिन् । उनले ‘कालोकोट कालै छ टोपी, बाँझो खेतमा छडके सलाम छ मायालाई पहीलो भेटमा’ लगाएतका गितहरू गाएकी थिइन् । उनको गितमा बृद्धबृद्धा पनि नाचेका थिए । जनगायकको पहिचान बनाएका जीवन शर्माले ‘सिमली छाँयामा बसी भरिया लामो सास फेरेको, यसपाली त यस्तै भयो आमा अर्को साल आउनेछु’ जस्ता गित गाउँदा दर्शकहरू निकै भावुक भएका थिए । कार्यक्रममा कलाकारहरू चन्द्र शर्मा, प्रमोद खरेल, कमल गाउँले, सिर्जु अधिकारी, मेक्सम खाती, शंकर बिसी, अञ्जली अधिकारी, राजा राजेन्द्र, राधिका हमाल, रिता केसी, प्रिती आले, कृष्ण रेउले, कृष्ण काफले, यादवनाथ योगी, देबेन्द्र बस्नेत, शालिकराम चौधरी, पिताम्बर रिजाल, प्रचण्ड जिसी, देवी भण्डारी, लीटील मीस नेपाल याङशु श्रेष्ठ, शोभा त्रिपाठी, आदिम केसी, सन्ध्या जोशी, टीका जैसी, हेमन्त शर्मा, मोडेल पूर्णिमा श्रेष्ठ, ऋतु कँडेल, प्रकाश सपुत लगायतको प्रस्तुति पनि निकै आकर्षक बन्यो ।


महोत्सवमा दंगाली तारा गायन प्रतीयोगिता पनि भएको छ । प्रविण भण्डारी, कोमलसरी जिसी, अभिषेक भुसाल, वरदान दिवप वस्नेत, भरत जिएम, राजमान खत्री, शुशान्त वली र राधिका चौधरी दोस्रो चरणको प्रतीयोगीताका लागी छनौट भएका छन् । श्रीमान श्रीमती जोडी नृत्य प्रतीयोगिता पनि महोत्सवको आकर्षण रहेको छ । पहिलो चरणमा प्रेम शाह र ज्ञानु शाह, विक्रम कुँवर र देवकी कुँवर तथा पुर्ण भण्डारीको जोडीले नृत्य प्रस्तुत गरेका छन् ।


महोत्सवमा दाङ जिल्लाको आर्थिक विकाससँग सम्बन्धित अन्तक्र्रिया, पर्यटकीय स्थल अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकोप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरूको अवलोकन, योग शिवीर तथा धार्मीक प्रवचन र नेपालको सवैभन्दा होची महिला ईश्वरीमाया छिनालसँगको भेटले पनि आकर्षण थपेको छ । स्थानीयस्तरमा उत्पादित वस्तुहरूको प्रदर्शनी, थारु मगर नेवार मुस्लीम, यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने साँस्कृतिक नृत्य तथा झाँकीहरू, विषयगत विज्ञहरूबाट पर्यटन, कृषी पशुपालन प्रशोधन बजारीकरणका विषयमा जानकारी एवं प्रशीक्षणले महोत्सवलाई फलदायी बनाएको छ ।

प्रदेशस्तरीय कविता, गजल, वक्तृत्वकला, डोको लोकनृत्य प्रतियोगीता, महिला उद्यमीहरूका लागी होजीयारी, झोला बुनाइ, अल्लोसम्बन्धी तालिम र गुडिया बनाउने तालिम पनि सञ्चालन गरिएको छ।


महोत्सवमा हेलीकप्टर पनि आकर्षण बनेको छ । हेलिकोप्टरबाट घोराही बजार अवलोकन गर्न ४ हजार ५ सय, दाङ उपत्यकाको अवलोकन गर्न ७ हजार ५ सय, प्युठानको स्र्वगद्वारी दर्शन गर्न १० हजार ५ सय, रुकुमको स्यार्पुताल अवलोकन गर्न २४ हजार र मुगुको रारा ताल अवलोकन गर्न ५० हजार भाडा तोकिएको छ ।


मानिसहरू हेलिकोप्टरमा बिभिन्न ठाउँको अवलोकन गर्न गैरहेको र यसप्रति आकर्षण बढिरहेको महोत्सव मूल आयोजक समितिका संयोजक दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । महोत्सव फागुन १३ गतेसम्म सञ्चालन हुने उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?