कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चोरीमा ४ बालक पक्राउ

कान्तिपुर संवाददाता

दाङ — घोराहीस्थित एक पसलमा चोरी गरेको आरोपमा प्रहरीले मंगलबार चार बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भई घोराही नयाँ बसपार्क बस्ने १३ वर्षीय आकाश घर्ती, १२ वर्षीय नारायण चन्द, भालुबाङ घर भई हाल घोराही पुरानो बसपार्क बस्ने १२ वर्षीय लक्ष्मण विक र रोल्पा थबाङ घर भई हाल पुरानो बसपार्क बस्ने १२ वर्षीय प्रमिसन बुढा छन् ।

उनीहरूले सोमबार राति मिलनचोकस्थित ‘द थापा मोबाइल सेन्टर’ को ताला फोरेर २ लाख बराबरका मोबाइल चोरी गरेको सञ्चालक नरेश थापाले बताएका छन् । सहायक निरीक्षक मानबहादुर महरा नेतृत्वको टोलीले चोरी गरिएका मोबाइल र नक्कली नोटसहित चार बालकलाई पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट सामसुङको मोबाइल ३ थान, जिओनी १ थान, कलर्स २ थान, लाभा १ थान र लेनोभो १ थान गरी ८ थान मोबाइल र अन्य सामानहरू बरामद भएका छन् । २ हजारका ८ वटा, ५ सयका ३ वटा, २ सयका २ वटा र ५० को एउटा गरी १४ वटा नक्कली नोट पनि फेला परेका छन् । बालकहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?