१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नयाँ शक्तिको एक वर्षभित्र महाधिवेशन, पार्टीको नाम परिवर्तन गरिने

अमृता अनमोल

बुटवल — नयाँ शक्ति पार्टीले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने भएको छ । लुम्बिनीमा बसेको पार्टीको संघीय परिषद्‍को चौथो विस्तारित बैठकले महाधिवेशन गर्ने र त्यसबाट पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

नयाँ शक्तिको एक वर्षभित्र महाधिवेशन, पार्टीको नाम परिवर्तन गरिने

पार्टीको नाम के राख्ने भन्ने बारेमा छलफल सुरु गरिने संयोजक बावुराम भट्टराईले जानकारी दिए ।


शनिबार बुटवलमा बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले संगठनात्मक संरचनालाई वैज्ञानिक रुप दिन भन्दै ३ तहको संगठनात्मक संरचनाको समेत अनुमोदन गरेको छ । बैठकको निर्णय ‘३ तहको समतलीय संरचनामा कार्यकारी (संगठक), विज्ञ र संरक्षक गरी ३ तह रहनेछन् । कार्यकारी समितिलाई महाधिवेशन आयोजक समितिका रुपमा समेत लिइएको छ ।’


९९ सदस्यीय कार्यकारी समितिमा बाबुराम भट्टराईलाई चयन भएका छन् । १५ सदस्यीय विज्ञ समिति र ३५ सदस्यीय संरक्षक समिति यसपछिको कार्यकारी बैठकले चयन गर्ने नयाँ शक्तिले जनाएको छ ।


बैठकले दस्तावेज परिवर्तनका लागि भट्टराईको संयोजकत्वमा देवीप्रसाद ओझा, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ र कल्पना धमलासहितको ५ सदस्यीय समिति समेत गठन गरेको छ ।


शनिबार नै भएको महाधिवेशन आयोजक समिति तथा कार्यकारी समितिको बैठकले प्रदेश इन्चार्ज समेत परिवर्तन गरेको छ । जसमा प्रदेश १ मा राजेन्द्र किराती, २ मा रामरिजन यादव, ३ मा गंगानारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुड., ५ मा नवराज सुवेदी, ६ मा सरुण बाणामगर, ७ मा कृष्णकुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमी चयन भएकी छिन् ।


फागुन ९ गतेदेखि सुरु भएको बैठक शनिबार बुद्ध जन्मस्थल अगाडि ५ बुँदे 'लुम्बिनी संकल्प २०७४' र शपथ गर्दै समापन भएको थियो ।


प्रकाशित : फाल्गुन १२, २०७४ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?