मधुवन नगरपालिकामा बम विस्फोट 

कमल पन्थी

गुलरिया — आइतबार साँझ पौने ६ बजे मधुवन नगरपालिकामा बम विस्फोट भएको छ । विस्फोटबाट मानविय क्षती नभएपनि कार्यालयको सिसा फुट्नुका साथै पर्खाल चर्किएको प्रहरीले जनाएको छ ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । प्रहरी नायव उपरिक्षक युवाज खड्काका अनुसार विस्फोट पछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । अज्ञात समूहले फोनमा जानकारी गराए अनुसार मधुवन नगरपालिकाले गाउँ नम्बर १७ मा बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउने लागेको विरोधमा विस्फोट गराएको जनाएको छ ।


घटनास्थल सदरमुकाम गुलरिया देखि करिब १४ किमी पश्चिममा पर्द छ ।


प्रकाशित : फाल्गुन १३, २०७४ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?