पॉच वर्षीय बालिका बलात्कृत  

कान्तिपुर संवाददाता

गुलरिया — बढैयाताल गाउँपालिका—६ मा शुक्रबार पॉच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार आरोपमा स्थानीय २१ वर्षीय सुरेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल गुलरियामा स्वास्थ्य परीक्षण गरिएको छ ।

पक्राउ परेका थारु बिरुद्ध जर्बजस्ती करणी मुद्दा दायर गरिएको प्रहरी उपरिक्षक जनक भट्टराईले बताए । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब १५ किलोमिटर पुर्वमा भएको हो ।

प्रकाशित : फाल्गुन १९, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवन भित्र

सरोजकुमारी चौधरी

काठमाडौँ — प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो । 

भवनभित्र उनी एक्लै गएका थिए। संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए। कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए।

पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन्। एमाले अध्यक्ष एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन्।

संघीय सांसदहरुको शपथआइतबार हुँदैछ।





प्रकाशित : फाल्गुन १९, २०७४ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्