कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रदेश ५ मिनी नेपाल बन्छ : मुख्यमन्त्री पोख्रेल

दुर्गालाल केसी

दाङ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई मिनि नेपालका रुपम विकास गर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले बुधबारदेखि बबई नदी किनारमा सुरु गरेको ‘मेयर कप बिच भलिबल प्रतियोगिता’ उद्घाटन गर्दै पोख्रेलले प्रदेशलाई नमूना बनाउने बताए ।

प्रदेश ५ मिनी नेपाल बन्छ : मुख्यमन्त्री पोख्रेल

प्रदेशमा स्रोतसाधन, भूगोल, विशेषता र पर्यटन विकासका हिसावले धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले प्रदेशमा समुन्नत विकास गरेर मिनी नेपालका रुपमा उभ्याउने दाबी गरे । ‘यस प्रदेशलाई देशकै नमूना प्रदेश बनाउने योजना छ । विकासको मोडेल कस्तो हुन्छ भन्ने कुरा सिक्न सकिने गरी नमूना प्रदेश बनाउँछौं,’ उनले भने,‘हाम्रो प्रदेश भौगोलिकरुपमा नै मिनि नेपाल छ । हिमाल, पहाड र तराई यहाँ पर्छ । सबै भूगोलका जिल्लाहरु छन् । सबै विशेषतालाई विकाससँग जोडेर नमूना बनाउन सकिन्छ ।’


अब प्रदेशसभामार्फत जनपक्षीय नीति बनाउने उनले बताए । निर्वाचनका क्रममा जनतामाझ गरिएका प्रतिबद्धतालाई नीति बनाएर विकासमा जोड्ने पोख्रेलले बताए । जनताका चाहना र आवश्यकता अनुसार नै नीति नियम बन्ने र सोही अनुसार काम गर्ने उनले बताए । प्रदेशसभाले सबै जातजाती, भाषा, क्षेत्र, संस्कृती र सम्प्रदायका नागरिकका भावनाहरु सम्बोधन गरेर नीति नियम बनाउने उनले बताए ।


पोख्रेललाई बुधबार दिनभर कार्यक्रम भ्याइनभ्याई भएको छ । तुलसीपुरमा मेयरकप बिच भलिबल प्रतियोगिताको उद्घाटन गरेपछि घोराहीमा एमालेको स्वागत सम्मान, कार्यालय प्रमुखहरुसँग छलफल, नेपाल संस्कृत विश्वविद्यालयको अभिनन्दन लगाएतका कार्यक्रममा उनी सहभागी भएका छन् ।

प्रकाशित : फाल्गुन २३, २०७४ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?