जाल बुनेर मनग्गे आम्दानी

पुन दम्पतीलाई बुन्न भ्याइनभ्याइ
गिरुप्रसाद भण्डारी

जस्पुर (प्यूठान) — सानैदेखि बाउबाजेको पछि लागेर घर नजिकको माडी खोलामा जाल खेलेर माछा मार्ने माण्डबी गाउँपालिका ३ जस्पुरका ३८ वर्षे हिमबहादुर पुन दम्पतीले अहिले त्यही पेसाबाट मनग्गे आम्दानी गरेका छन् । सुरुमा माछा मार्न सिकेका उनीहरू अहिले जाल बुनेर बिक्री गर्ने व्यापारी बनेका छन् ।

प्यूठानको माण्डवी गाउँपालिका–३ स्थित जस्पुरमा माछा मार्ने जाल बुन्दै हिमबहादुर पुनका दम्पती । तस्बिर : गिरुप्रसाद/कान्तिपुर

माछा मार्न प्रयोग गरिने जाल राम्रो मूल्यमा बिक्री हुन थालेपछि श्रीमती कल्पनासमेत यही पेसामा हामफालिन् । हिजोआज उनीहरूलाई मागअनुसार जालबुन्न भ्याइनभ्याइ छ । यसको बिक्री हुने आम्दानीले पुन दम्पतीको जीवनस्तर नै बदलिएको छ । जाल बिक्री गरेर उनीहरूले मासिक ४० हजारसम्म कमाउँछन् ।

Yamaha

‘सुरुमा आफूलाई चाहिले जाल बुन्न सिकियो,’ उनले भने, ‘पछि व्यवसाय नै जाल बुन्ने भएको छ ।’ उनले जाल बनाएर बिक्री गर्न थालेको ७ वर्ष भइसक्यो । पकडा, ढलटको गेडी, धागोलगायत जाल बनाउन प्रयोग हुने सरसमान भारतको रक्सौलबाट लिने गरेको पुनले सुनाए । ‘जाल बुन्न चाहिने सरसमान यहाँ पाइँदैन,’ पुनले भने, ‘भारतबाट मगाएर बनाउने गरेका छौं ।’ व्यवसाय फैलिँदै गएपछि कमाइ राम्रो हुँदा छोरा/छोरीलाई बोर्डिङमा पढाउन थालेको उनले बताए । ‘पहिले दिनभर माडी नदीमा जाल खेलेर एक/दुई किलो माछा बेचेर परिवार जेनतेन धानेको थिएँ,’ उनले भने, ‘जाल बुन्न थालेदेखि एक/दुई लाख नै देख्न पाइएको छु ।’ उनले सरदर दैनिक हजारभन्दा बढी कमाइ गरेको बताए ।

‘जाल बुन्न थालेपछि निकै राम्रो भइरहेको छ,’ पुनले भने, ‘सानो काम भए पनि आम्दानी ठूलै छ ।’ जाल बिक्री गरेको कमाइले छोरा/छोरी पढाउन र घरखर्च राम्रोसँग चलेको पुनले बताए ।

प्रयोग गरेको सामानअनुसार जालको मूल्य फरक/फरक निर्धारण गर्छन् । एउटै जालमा प्रयोग भएको सामग्रीअनुसार ३ हजार ५ सयदेखि १० हजारसम्ममा बिक्री हुन्छ । एउटा जाल तयार गर्न दुई दिन लाग्छ । ‘ग्राहक जाल खोज्दै घरसम्म आउँछन्,’ उनले भने, ‘बुन्न सके बिक्रीका लागि कतै जानु पर्दैन ।’ हिमबहादुर गाउँमा जलारी दाइको नामबाट परिचित छन् । माडी खोलामा माछा मार्ने काम गरेर होटलमा बिक्री गर्ने समयभन्दा जाल बुन्दा कमाइ बढेको पुनले बताए । ‘जाल खेलेर माछा मार्न धेरैले रहर गर्छन्,’ पुनले भने, ‘तर जाल बुन्ने सीप सबैसँग हुँदैन ।’ आफूले बुनेको जालमा माडीखोलाका ३० किलोसम्मका माछा परेको अनुभव उनले सुनाए ।

जालमा गेडी राख्ने काम आफूले गर्ने गरेको श्रीमती कल्पनाले बताइन् । उनले पुराना जालका गेडी निकालेर केही रकम थप गरी नयाँ जाल ग्राहकलाई दिनेसमेत गर्छन् । ‘जाल बुन्न सधै भ्याइनभ्याइ हुन्छ,’ उनले भनिन्, ‘अहिले माछा मार्ने सिजन सुरु भएकाले अर्डर धेरै छ ।’ उनले फागुनदेखि असारसम्म माडीखोलामा जाल खेल्ने सिजन भएको बताइन् । दिनभर जाल बुन्ने काम गरेर जुनेली रातको समयमा माडी खोलामा जाल खेली माछा मारेरसमेत बिक्री गर्ने गरेको पुन दम्पती बताउँछन् ।

प्यूठानका खोला किनारका बस्ती देवीस्थान, थक्नेली, रम्दी, भिंगृ, सारी, नयाँगाउँलगायत रोल्पाको सुलीचौर, माडीचौर, घोरागाउँ, खुंग्री, छिर्ने क्षेत्रका बासिन्दाले जाल किनेर माछा मार्न लग्ने गरेको हिमबहादुरले बताए । प्यूठान र रोल्पामै एक्लो व्यवसाय भएकाले राम्रो कमाइ भएको पुनले बताए ।

Esewa Pasal

प्रकाशित : फाल्गुन २९, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गुनासो सुन्न नि:शुल्क फोन

कान्तिपुर संवाददाता

दाङ — घोराही उपमहानगरपालिकाले सहजै गुनासो सुनेर समस्या समाधान गर्न र सहज रूपमा सूचना प्रवाह गर्न पैसा नलाग्ने फोन सेवा सुरु गरेको छ ।

गत माघ ११ को १९ औं नगर कार्यपालिका बैठकबाट भएको निर्णयअनुसार उपमहानगरलेटोलफ्रि नम्बरको व्यवस्थसमेत गरेको प्रमुख नरुलालचौधरीले बताए । उपमहानगरपालिका कार्यक्षेत्रभित्रका कुनै पनि गुनासा, समस्या र सूचनाका लागि पैसा नलाग्ने नम्बर १६६०८२५६५५५ को व्यवस्था गरेको चौधरीले जानकारी दिए ।

सूचना, गुनासा र समस्या सकभर तत्कालै समाधान गरिने र सम्भव नभएकाको यथासम्भव छिटो सम्बोधन गर्ने गरी व्यवस्था गरिएको उनले बताए । सूचना सञ्चार तथा तथ्यांक व्यवस्थापन महाशाखा, सामान्य प्रशासन महाशाखा र सामाजिक विकास महाशाखामा उक्त फोन सेवा जोडिएको छ । समस्या तथा गुनासा सम्बन्धित शाखाबाटसमाधान हुने र हुन नसके तत्काल नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउन सम्बन्धित महाशाखालाई निर्देशन दिएकोचौधरीले बताए ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT