१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हिरासतबाटै भारतीय थुनुवा फरार भएपछि दुई प्रहरी निलम्बनमा

कमल पन्थी

गुलरिया — ईलाका प्रहरी कार्यालय मैनापोखरले चोरी गरेको आरोपमा पक्राउ गरेको एक भारतीय हिरासतबाटै फरार भएपछि दुई जना प्रहरी निलम्बनमा परेको छन् ।

ड्युटीमा हेलचेक्राई गरेको आरोपमा प्रहरी हवल्दार यक्ष बहादुर पुन र प्रहरी जवान मिना सुनारलाई निलम्बन गरिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।


शुक्रवार राती साढे नौ बजे भारत बलैगाउँका घर भएका थुनुवा जाकिर हुसेन फरार भएका हुन । हिरासत कोठाको भ्यान्टिलेशनको छड निकालेर उनि फरार भएका थिए । २०६८ सालमा शान्ति समितिको आर्थिक सहयोगमा पुन:निर्मित प्रहरी कार्यालयको भ्यान्टिलेशनको छड निकै कमसल भएका कारण सजिल्यै बङ्गाएर हुसेन फरार भएका हुन् ।

बढैयाताल गाउँपालिका जमुनीबाट बाख्रा चोरेको आरोपमा हुसेन पक्राउ परेका थिए । उनको खोजीकालागि जिल्लाबाट प्रहरीको टोली भारतीय समकक्षीसँग सम्पर्क गरिररहेका छन् ।


हिरासतबाट रहस्मय तरिकाबाट भागेका हुसेन भारत पुगेको प्रहरीले जनाएको छ । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब १५ किमी पूर्वमा पर्दछ ।


प्रकाशित : चैत्र ४, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?