यी हुन् प्रदेश नम्बर ५ का नयाँ मन्त्री

अमृता अनमोल

बुटवल — बराल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । विसं ०३३ सालमा गुल्मीको साविक चन्द्रकोट गाविस झारखर्कमा जन्मेका उनी इतिहासमा स्नाकोत्तर हुन् ।

यी हुन् प्रदेश नम्बर ५ का नयाँ मन्त्री


लीला गिरी

उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री

गिरी एमाले केन्द्रीय सदस्य हुन् । २०११ साल चैतमा गुल्मीको साविक बम्घामा जन्मिएका उनी अहिले रुपन्देहीको तिलोत्तमा नपाका स्थायी बासिन्दा हुन् । ०४६ मा पार्टी सदस्यता लिएका उनले १२ वर्षको उमेरदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए । यसपछि सहिद गंगालाल श्रेष्ठ पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दल, ऐतिहासिक सोह्र–छत्तीस कुला मौजाको नेतृत्व गर्दै किसान आन्दोलनमा सरिक हुँदै राजनीतिक नेतृत्वमा सक्रिय भएका हुन् । ०४६ मा नेकपा मालेको जिल्ला कमिटी सदस्य बनेका उनी पार्टी एकीकरणपछि एमाले जिल्ला कमिटी सदस्य, उपसचिव हुँदै अध्यक्ष बने । ०६१ माघ १९ गतेको शाही ‘कू’ को विरोध गरेको भन्दै ३ महिना जेल परेका थिए । एमालेको नवौं राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य र रुपन्देही जिल्ला इन्चार्जको जिम्मेवारी उनले लिएका छन् । उनी रुपन्देहीको साविक शंकरनगरमा बुहदलीय व्यवस्था आएपछि पहिलो जननिर्वाचित गाविस अध्यक्ष बने । पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाट प्रतिस्पर्धा गरेका उनी झिनो मतान्तरले पराजित भएका थिए । यसपटक प्रदेशसभा निर्वाचनमा रुपन्देही २ (क) बाट प्रत्यक्षमा निर्वाचित उनी मन्त्री बनेका हुन् ।


सुदर्शन बराल

सामाजिक विकास मन्त्री

कानुनमा समेत उनले स्नातक गरेका छन् । ०४५ बाट विद्यार्थी राजनीति प्रवेश गरेका बराल ०५३ मा बुटवल बहुमुखी क्याम्पसको स्ववीयू सदस्य निर्वाचित भएका थिए । ०५४ देखि तत्कालीन माओवादीबाट भूमिगत बने । ०५८ मा २ कार्यकाल माओवादीले गठन गरेको जनसरकार प्रमुख र जिल्ला सेक्रेटरी बन्दै ९ वर्ष भूमिगत जीवन बिताए । ०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य हँुदै पहिलो संविधानसभा सदस्य तथा राज्य व्यवस्था समितिको सदस्य बनेका थिए । अहिले मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्षसमेत रहेका बराल प्रदेशसभा चुनावमा गुल्मी १ कबाट प्रत्यक्षतर्फ विजयी बनेका हुन् ।


आरती पौडेल

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

पौडेल ०२७ सालमा बर्दियाको मैनाबगरमा जन्मेकी हुन् । पिएल भारतीसित बिहे भएपछि उनी बाँकेको कोहलपुर नगरपालिका १२ चपरगौडीकी स्थायी बासिन्दा बनिन् । उनको परिवारले कोहलपुरमा ग्रीनपिस बोर्डिङ स्कुल सञ्चालन गरेको छ । आरतीले भने स्कुलमा सहयोग गर्दै महिलाको क्षेत्रमा काम गरिन् । महिला उपकार मञ्च नामक गैरसरकारी संस्था सञ्चालन गरेर हिंसापीडितको उद्धार र महिलाको रोजगारी सिर्जना गर्ने काममा लामो समय बिताइन् । पछिल्लो समय उक्त संस्थाको वचत संकलन तथा लेखा हेर्ने काम गरेकी थिइन् । समाजशास्तमा स्नाकोत्तर आरतीले ०५१ देखि राजनीति सुरु गरेकी हुन् । उनी अनेमसंघ बाँकेको २ वर्ष अध्यक्ष बनिन् । अहिले प्रदेश ५ की सदस्य बनेकी छन् । एमाले जिल्ला सदस्य हुँदै हाल अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य छिन् । प्रदेशसभा चुनावमा बाँकेको निर्वाचन क्षेत्र १ को खबाट उनले प्रत्यक्ष चुनाव जितेकी हुन् ।


प्रस्तुति : अमृता अनमोल

प्रकाशित : चैत्र ५, २०७४ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?