कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदन भण्डारी स्मृति गोल्डकपको तयारी तीव्र

बुटबल — मदन भण्डारी स्मृति गोल्डकप नकआउट फुटबल शुक्रबार सुरु हुँदै छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ ले रामनगरस्थित मानव ज्ञान माविको मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

मदन भण्डारी स्मृति गोल्डकपको तयारी तीव्र

प्रतियोगिताका लागि रकम संकलन, टिम छनोट, मैदान निर्माणलगायतका काम पूरा भएका छन् । दर्शकका लागि अस्थायी प्यारापिट बनाउने काम भइरहेको छ । मैदानछेवैमा ३ हजार ५ सय जना अट्ने अस्थायी प्यारापिट बनाइने प्रतियोगिता संयोजक नन्दु काउचाले बताए ।

प्रतियोगितामा एक विदेशीसहित १० टोलीले सहभागिता जनाउनेछ । त्यसमा मलेसियाको हिमालयन एफसीसहित विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, थ्रीस्टार, सुदूरपश्चिम ११, रमपम झापा ११, आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं र रूपन्देहीको सुनौलो संगम छन् । सुनौलो संगम यसअघिको विजेता टोली हो ।

विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । मोफसलमा यस सिजन भएका गोल्डकपमा यो सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।

नयाँ अभ्यासका रूपमा खेल अवधिभर प्रत्येक खेलाडीको ३ लाख रुपैयाँबराबरको बिमा गरिनेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । चार विधाका उत्कृष्ट खेलाडीलाई २०(२० हजार पुरस्कार दिइनेछ । हरेक दिनका म्यान अफ द म्याचले १५ हजार पाउने छन् । चैत १८ सम्म हुने प्रतियोगितामा करिब १ करोड १४ लाख खर्च अनुमान गरिएको छ । त्यसमा दोस्रो पुरस्कार यशोदा फुड्सले प्रायोजन गरेको छ । अरू रकम स्थानीय र राष्ट्रिय स्तरमा संकलन गरेको स्पोटर््स एकेडेमीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यले बताए ।

यसअघि फागुन अन्तिम साताबाट प्रतियोगिता सुरु गर्ने तयारी गरे पनि आयोजकले प्राविधिक कारण देखाउँदै मिति सारेको थियो । मदन भण्डारीको स्मृतिमा हरेक दुई वर्षमा हुँदै आएको प्रतियोगितालाई अब वार्षिक गरिने आयोजकको योजना छ ।

प्रकाशित : चैत्र ८, २०७४ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?