२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

१९ वर्षपछि फरार अभियुक्त पक्राउ

कमल पन्थी

बर्दिया — १९ वर्ष अघि एक जनाको हत्या गरि फरार रहेका अभियुक्तलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । 

गुलरिया—२ खैरापुरका नवराज पाैडेलको हत्याका अभियुक्त मध्येका ६५ वर्षीय पिताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।


पाैडेलको ०५५ चैत १६ गते आपसी लेनदेनको विषयमा विवाद पछि हत्या गरिएको थियो ।


ढकाललाई जिल्ला अदालतले ०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए ।


पाैडेल हत्याका पॉच आरोपित मध्ये दुई जनालाई अदालतले सफाई दिएको छ । अन्य दुई अझै फरार छन् । पाैडेलकाे शव हत्या गरि गहुँबारीमा फालेको अवस्थामा १३ दिन पछि फेला परेको थियाे ।

प्रकाशित : चैत्र १२, २०७४ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?