कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बढे बलात्कारका घटना

सातामा ३ बालिका बलात्कृत
६२ वर्षीयबाट ४ वर्षीया बालिका बलात्कृत
कमल पन्थी

बर्दिया — जिल्लामा एक साताभित्रै ३ बालिका बलात्कृत भएका छन् । बढैयाताल गाउँपालिका ९ मा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय चूडामणि दमाईंलाई पक्राउ गरेको छ ।

बढे बलात्कारका घटना

साताअघि भएका बलात्कारका २ घटनाका अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया १ की ९ वर्षीयालाई बलात्कारको अभियोगमा सोही ठाउँकै ४८ वर्षीय नरबहादुर घिमिरे र बढैयाताल गाउँपालिका ७ की ५ वर्षीयालाई बलत्कार आरोपमा स्थानीय १७ वर्षीय कृष्ण थारूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घिमिरेले बालिकालाई पटक–पटक बलात्कार गरेको खुलेको छ । पटक–पटक पीडा दिएपछि बालिकाले सहन नसकेर आफन्तलाई बताएपछि प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो । प्रहरी नायब उपरीक्षक युवराज खडकाका अनुसार जिल्लामा गत साउनयता महिला तथा बालबालिका गरी ३० बलात्कारका घटना भएका छन् । ‘१ वर्षयता बलात्कारका घटना बढ्दै गएका छन्,’ उनले भने, ‘साउनयता मात्र ३० बलत्कारका घटना दर्ता भएका छन् ।’

१३ वर्षीयामाथि बलात्कार गरेको अभियोगमा ६ महिनाअघि बाँसगढीका लौटन थारू पक्राउ परेका थिए । गत भदौ अन्तिम साता विवाह गर्ने निहुँमा एक किशोरीमाथि सातादिन करणी गरेको आरोपमा मगरगढीका सुशील थारू पक्राउ परे । जमुनीका ४० वर्षीय धनबहादुर रानामगर ६१ वर्षीयालाई बलात्कार गरेको अभियोगमा पक्राउ परे । उमेर ढल्केका मात्र नभई नाबालकसमेत बलात्कार अभियोगमा पक्राउ परेका छन् । महिनामा कम्तीमा ४ बलात्कारका घटना सार्वजनिक भई कानुनी कारबाहीमा पर्ने गरेका छन् । बर्दिया जिल्ला अदालतका अनुसार उमेर नपुगेका मात्र नभई उमेर ढल्केका पनि बलात्कार मुद्दामा सजाय भोग्दै आएका छन् ।

३ वर्षअघि ८० वर्षीयले आफ्नै नातिनीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा कारागारमा रहँदा उपचारकै क्रममा ६ महिनाअघि मृत्यु भएको थियो । केही समयअघि आमामाथि यौन दुव्र्यवहार गरेको भन्दै एक युवकविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको छ । आमाले अदालतमा आएर छोराविरुद्ध बयान दिएकी छिन् । हाडनाता कायम भएका एक युवकले बलात्कार गरेको अभियोगमा अदालतले २१ वर्ष कैद र १ लाख पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको स्रेस्तेदार हिरण्य भण्डारीले बताए । उनी अहिले कारागारमा सजाय भोग्दै छन् । यसैगरी छोरीलाई जंगलमा बलात्कार गर्ने बाबु पनि २० वर्षको कैद सजाय भोग्दै छन् । पत्नी विदेश गएको समय छोरीलाई घरमै बलात्कार गरेका अर्का एक बाबु पनि अहिले कारागारमै छन् ।

करिब १ वर्षको अवधिमा बलात्कारका २४ मुद्दा अदालतमा दर्ता भएको छन् । ३ मुद्दाका अभियुक्त अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन्, भने ३ अझै फरार छन् । विगत २ वर्षयता जिल्ला अदालतको तथ्यांकअनुसार बलात्कारका घटना बढ्दै गएका छन् ।

आव ०७१/७२ मा जबरजस्ती करणीका ३० मुद्दा दर्ता भएकोमा ४ वटा फस्र्योट हुन बाँकी छन् । यसैगरी हाडनाताका १४ मध्ये ८ मुद्दा फस्र्योट भएका छन् । चालु आवमा जबरजस्ती करणीका २२ उजुरीमध्ये ११ र हाडनाताका १४ मध्ये ८ मुद्दा फस्र्योट भएका छन् । घटनाको प्रमुख कारण मदिरा सेवन, मोबाइल, इन्टरनेट, अश्लील चलचित्र वैदेशिक रोजगार रहेको कानुन व्यवसायी धर्मराज शर्मा अधिकारी बताउँछन् । ‘पहिले पनि बलात्कारका घटना भइरहन्थे, यद्यपि बाहिर आउँदैनथे,’ उनले भने, ‘अहिले जनचेतना वृद्धिले बाहिर आउन थालेका हुन् ।’ पहिले राजीखुसीले यौन सम्पर्क भए पनि अन्यले थाहा पाएपछि बदनामकै डरले बलात्कारको आरोप लगाइएको थुनाका अभियुक्तहरू बताउँछन् ।

प्रकाशित : चैत्र १८, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?