पाल्पाका नगर र गाउँ प्रमुखलाई राजीनामाको धम्की

माधव अर्याल

पाल्पा — नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह मगँरात स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद्ले पाल्पाका नगरपालिका मेयर र गाउँपालिकाका प्रमुखहरुलाई तत्काल राजीनामाको धम्की दिएको छ ।

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा, माथागढी गाउँपालिका प्रमुख सन्तोष थापा र बगनासकाली गाउँपालिका प्रमुख कृष्णप्रसाद बस्याल लगायतलाई राजीनामाको धम्की दिएको हो । राजीनामा पत्रमा अटेरी गरे उत्पन्न परिस्थितिको स्वयम् जिम्मेवारी हुन पनि चेतावनी दिइएको छ ।

Yamaha


स्थापना कालदेखि नै जनजीविका, जनतन्त्र र राष्ट्रियताको सवालमा सतिशाल झैं उभिएको व्यहोरा उल्लेख गरिएको पत्रमा नेपाल स्वाधीन र स्वतन्त्र ढंगले सञ्चालन गर्ने हामी सबैको दायित्व भएको उल्लेख गरेको छ । ‘हामीले भन्दै आएको संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनाका खातिर विश्व कम्युनिज्म दृष्टिकोण अनुसार पनि वर्ग संघर्ष, बल प्रयोगको सिद्धान्त, सर्वहारा श्रमजीवि वर्गको अधिनायकत्व स्थापना गर्ने विकल्प छैन,’ मगँरात स्वायत्त प्रदेश, जिल्ला जनपरिषद्का प्रमुख प्रतिरोधको हस्ताक्षरमा पठाइएको पत्रमा उल्लेख छ ।

राजीनामा पत्रमा अहिले देशमा रहेको विद्यमान संसदीय व्यवस्थाको विरुद्धमा स्वयम् पुँजिवादीहरु पनि लागि रहेका भन्दै नेकपाले संसदीय व्यवस्थाको खारेज र अन्त्यका लागि विभिन्न संर्घषका कार्यक्रम गर्दै गरेको उल्लेख छ ।

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले यस्ता पत्रले जनताले वर्षौँ पछि पाएको अधिकारको विरोध गर्नु मात्र भएको बताए । उनले अधिकार प्राप्ति भइरहेका बेला यस्ता पत्रलाई जनता स्वयंले नै प्रतिरोध गर्ने बताए ।

Esewa Pasal

प्रकाशित : चैत्र २७, २०७४ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ट्याङकी विस्फोट हुँदा १ को मृत्यु, ९ घाइते

लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योगमा कार्यरत एक भारतीय मजदुरको मंगलवार मृत्यु भएको छ । सख्खरको लेदो जमाइने (मलासीस) ट्याङकी विस्फोट भएर ठेगाना नखुलेका ४५ बर्षीय भारतीय नागरिक राम सनेहीको मृत्यु भएको प्रहरीले जनाएको हो । ९ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेहरुलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा थप उपचारको लागि भर्ना गरिएको छ। एक जना समान्य घाइतेको कलैया अस्पतालमा नै उपचार भइरहेको छ। प्रहरीका अनुसार पर्सा जिल्ला कालिकामाई गाउँपालिका २ भेडियारीका ४५ वर्षीय प्रेम राउत बरै, कलैया उपमहानगरपालिका २४ का ३५ वर्षीय रमेशप्रसाद यादव, वडा १२ का ३८ वर्षीय देवनारायण महतो, महागढीमाई नगरपालिका वडा ११ मधुरीजब्दीका ४५ वर्षीय नागेन्द्र ठाकुरसहित अन्य घाइतेको उपचार भइरहेको छ।

प्रकाशित : चैत्र २७, २०७४ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT