प्रदेश ५ को स्थितिपत्र सार्वजनिक 

बुटवल — प्रदेश न‌म्बर ५ सरकारले बिहीबार प्रदेशको आर्थिक र सामाजिक विकासको स्थितिपत्र सार्वजनिक गरेको छ ।

प्रदेश ५ को स्थितिपत्र सार्वजनिक 

अस्थायी मुकाम बुटवलमा बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्थितिपत्र सार्वजनिक गरेका हुन् । स्थितिपत्रमा धान र तेलहनबाली उत्पादनमा पहिलो स्थानमा रहेको प्रदेश ५ मानव विकास सुचांकको हिसाबमा भने चौथो स्थानमा रहेको छ ।


कूल गार्हस्थ उत्पादनमा झण्डै १५ प्रतिशत योगदान गरेको प्रदेशमा गरिबी २५ दशमलव ८ प्रतिशत गरिब देखाइएको छ । उर्जामा पछाडि रहेको प्रदेश ५ को उत्पादनमा कृषिले ४५ दशमलव ६ प्रतिशत योगदान दिएको छ । कृषिमा जनसंख्या र योगदान बढी भएकाले प्रदेशको संवृद्धिका लागि सरकारले कृषिलाई प्राथमिकता दिने पनि मुख्यमन्त्री पोखरेलकाे भनाइ छ ।


४४ लाख ४८ हजार जनसंख्या रहेको प्रदेश ५ उद्योग र बैंकिङ क्षेत्रमा दोस्रो स्थानमा परेको छ भने कृषि भूमि उपलब्धतामा तेस्रो स्थानमा छ । जनघनत्व र खानेपानी उपलब्धतामा पनि तेस्रो स्थानमा छ । प्रतिव्यक्ति आय भने राष्ट्रिय औषतभन्दा तल छ ।


११ हजार किलोमिटर लम्बाइ रहेको प्रदेशको सडक अन्य प्रदेशसँगको तुलनामा चौथो स्थानमा राखिएको छ । बजेट विनियोजन र प्राथमिक क्षेत्र निर्धारणका लागि आर्थिक र सामाजिक विकासका २० वटा शिर्षकमा तुलनात्मक अध्ययन प्रदेश आयोगले स्थितिपत्र तयार गरेको हो । सरकारका प्रवक्ता वैजनाथ चौधरीले स्थितिपत्रका आधारमा बजेट विनियोजन गर्ने बताए ।

प्रकाशित : चैत्र २९, २०७४ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?