हतियारसहित तीन सिकारी पक्राउ 

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको कलवारी फाँटामा बिहीबार भरुवा बन्दुकसहित तीन जना सिकारी पक्राउ परेका छन् ।

हतियारसहित तीन सिकारी पक्राउ 

जिल्लाको बारबर्दिया–९ स्थित फाँटामा सिकार खेल्न जंगल गएका बेला उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिइएको हो ।


पक्राउ पर्नेहरुमा बारबर्दिया–९का मेघराज परियार, जनक राम थारु र कुन्नु राम थारु रहेको निकुन्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए ।


उनीहरुको साथबाट निकुञ्जको टोलीले एक थान भरुवा बन्दुक सहित ११ थान रडको गोली, ,बारुद र खुकुरी बरामद गरेको छ ।


कार्यालयले उनीहरुलाई वन्यजन्तु चोरी सिकार ऐन अन्तर्गत मुद्दा दायर गर्ने जनाएको छ ।

प्रकाशित : चैत्र २९, २०७४ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?