३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

दुर्गालाल केसी

दाङ — पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको रिहारमा यात्रुबाहक गाडी र ट्रक ठोक्किँदा शनिबार बेलुका दुईजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

लमही नगरपालिका–९ रिहार नजिक घोराहीबाट नेपालगञ्ज जाँदै गरेका भे १ ज ६१४ नम्बरको मिनि बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६४८ नम्वरको ट्रक ठोक्किँदा गाडीका यात्रुको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा लमही नगरपालिका–९ च्याउखोलाका २८ वर्षीय खड्गबहादुर बुढा र ठाकुरद्वार नगरपालिका–१ बर्दियाका २० वर्षीय विवेक थारुको मृत्यु भएको छ ।


घटनामा प्यूठान नगरपालिका–८ की २२ वर्षीया सुष्मा केसी, लमही नगरपालिका–९ की ३६ वर्षीया कमला विक, रुन्टीगढी गाउँपालिका–६ रोल्पाकी ३५ वर्षीया तिलकुमारी थापा, ७४ वर्षीया सरी पुन र दाङ विजौरीकी ४६ वर्षीया बेलकुमारी बोहरा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : वैशाख ८, २०७५ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?