१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पत्रकार छुटे, विद्यार्थी पक्राउ 

माधव अर्याल

पाल्पा — नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष, उपाध्यक्षसहित क्रान्तिकारी पत्रकार संगठनका अध्यक्षलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार छुटे, विद्यार्थी पक्राउ 

आइतबार तानसेनका केही शैक्षिक संस्थामा तालाबन्दी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।


प्रहरीले तानसेन–४ सिल्खान टोलबाट उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रवेश पन्थी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरे र उपाध्यक्ष लंग राना रहेका छन । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


पूर्वघोषित कार्यक्रम भन्दै आइतबार अनेरास्ववियु (क्रान्तिकारी) ले तालाबन्दी गरेका थियो । संगठनले साविकको जिल्ला शिक्षा कार्यालय, हालको नगर शिक्षा शाखा, जनता नमुना विद्यालय, सेन्ट क्यापितानियो, वेथल बोर्डिङ, न्यू होराईजन बोर्डिङ स्कुल लगायतमा तालाबन्दी गरेको थियो ।

गत चैत्र २१ गते साविकको जिल्ला शिक्षा कार्यालयमा बुझाएको ३७ बुँदे माग पुरा नभएकाले पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत अनिश्चितकालिन तालाबन्दी गरेको बताएका थिए ।


शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत महेन्द्र सुवेदीले विद्यार्थीका मागका विषयमा आफूहरुले केही गर्न नसक्ने र स्थानीय तहमा हस्तान्तरण भइसकेको बताए ।

यसैबीच, मानवअधिकारवादी र पत्रकारको रोहवरमा क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष पन्थी थुनामुक्त भएका छन् । इन्सेक प्रतिनिधि यज्ञमुर्ति तिमिल्सेना साथै पत्रकारको रोहबरमा प्रहरीले अध्यक्ष पन्थीलाई छाडेको छ ।


पन्थी गर्जनपोष्ट साप्ताहिकसँग आबद्ध छन । उता अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष गैरे र उपाध्यक्ष रानालाई प्रहरीले म्याद थप गरेको छ ।

प्रकाशित : वैशाख १०, २०७५ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?