कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

१९ वर्षपछि पक्राउ

नेपालगन्ज — कर्तव्य ज्यान मुद्दामा १९ वर्षदेखि फरार नेपालगन्ज १५ पिप्रहवाका मेराज अलि बेहनालाई प्रहरीले पक्राउ गरेको छ । ३९ वर्षीय उनलाई आइतबार राति नेपालगन्ज १६ बाट नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

१९ वर्षपछि पक्राउ

पक्राउ परेका बेहनाविरुद्ध भारतीय नागरिक सावलीप्रसाद वर्मालाई धारिलो हयिारले टाउकोमा प्रहार गरी हत्या गरेको अभियोग छ । त्यसयता उनी लामो समयदेखि फरार थिए । प्रहरीका अनुसार लामो अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिन सकिएको हो । त्यस्तै नेपालगन्ज ३ त्रिवेणीमोडस्थित सोनु राई ज्वेलर्सबाट प्रहरीले सुनचाँदी बरामद गरेको छ । दर्ता नै नभएर सञ्चालनमा रहेको उक्त पसलबाट ४ सय ग्राम चाँदीका विभिन्न गहना तथा पत्थरसहित २१ किलो ६ सय २७ ग्राम बरामद गरेको हो । बिल भर्पाईबिना सुनचाँदीको कारोबार गर्दै आएको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको हो ।

प्रकाशित : वैशाख ११, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?