१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

शिक्षा समितिमा विद्यार्थीको ताला  

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका शिक्षा समितिको कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । 

शिक्षा समितिमा विद्यार्थीको ताला  

स्वतन्त्र विद्यार्थी यूनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, राष्ट्रवादी विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी संघले मंगलबार नगर शिक्षा अधिकारी मनप्रसाद रेग्मी, स्रोत ब्यक्ति जयप्रकाश शाह र कर्मचारी हेमकुमार रावतलाई कार्यालयभित्रै थुनेर तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै पाँच दिनअघि दिएको अल्टिमेटमको बेवास्ता गरिएको भन्दै तालाबन्दी गरिएको विद्यार्थी नेता दिनेश केसीले जानकारी दिए ।


मावि तह सम्पूर्ण नि: शुल्क शिक्षा, निजी विद्यालयले लिइरहेको चर्को शुल्क नियन्त्रण, पुस्तक खरिदमा सिन्डिकेटको अन्त्य, अनुमतिबिनाका विद्यालय खारेज गर्नुपर्नेलगायत माग राखेर विद्यार्थी आन्दोलित भएका हुन् ।


प्रकाशित : वैशाख ११, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?