३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतमा नेपालीलाई परिचयपत्र अनिवार्य

कमल पन्थी

गुलरिया — भारतीय सीमा सुरक्षा बलले भारत प्रवेश गर्ने नेपाली माथि थप कडाई गर्दै गएको छ । नेपाली नागरिकता लगायतका परिचयपत्र विना भारत प्रवेशमा रोक लगाइएको छ ।

भारतमा नेपालीलाई परिचयपत्र अनिवार्य

बर्दियासँग जोडिएको भारतीय सिमा बरहाईच र लखिमपुर खिरी हुँदै प्रवेश गर्ने नेपालीले परिचपपत्र नदेखाए फर्काउन थालेको सीमामा तैनाथ नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन् ।


कतिपय नेपाली परिचयपत्र नलिएर गएकाले फर्किसकेको ती अधिकारीहरुको भनाइ छ । परिचयपत्र भएकालाई कहाँ जाने कहिले फर्कने जस्ता सवाल सुरक्षाकर्मीले गर्न थालेका छन् ।

नाकाबन्दीमा समेत परिचयपत्र माग नगरेका भारतीय सुरक्षाकर्मीले एकतर्फी निर्णय गरेपछि स्थानीय आश्चर्य चकित भएका छन् ।


यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले भारतीय सुरक्षाकर्मीले विगत केही समय देखि सीमामा कडाई गर्दे नेपालीसँग परिचयपत्र माग्न लागेको बताए । परिचयपत्र किन मागिएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले जनाए ।

प्रकाशित : वैशाख २७, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?