कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बस पल्टिदा २१ घाइते

कमल पन्थी

बर्दिया — पोखराबाट महेन्द्रनगर आइरहेको बस बर्दियाको बाँसगढीमा दुर्घटना हुदाँ चालकसहित २१ जना घाइते भएका छन् । 

बस पल्टिदा २१ घाइते

सोमबार बिहान ७ बजेतिर ना ५ ख ५९७ नम्बरको बस बासगढी–३ उत्तरभकारीमा पल्टिएको हो ।


दुर्घटनाका घाइते २१ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुर लगिएको छ ।


अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक जनकराज भट्टराईले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?